ओली हटे मुलुकले निकास पाउँछ :माधव नेपाल

[sharethis-inline-buttons]

काठमाडौं२०७७ चैत्र ४
सानेपाको एक होटलमा आयोजित आफू पक्षीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले केपी शर्मा ओलीको विदाइसँगै मुलुकले निकास पाउने बताएका छन्।
उनले भने ुअहिलेको समस्या नै केपी ओली हुन्। ओलीको अहंकार र व्यक्तिवाद, गुटगत मनोवृत्तिले, पार्टीमा समस्या भएको हो। ओलीले विदा लिए पार्टीको समस्या पनि हल हुन्छ अनि मुलुकले पनि निकास पाउँछ।ु
उनले ओलीकै कारण एमाले र माओवादी केन्द्रबीचको एकता भाँडिएको बताए। ‘पछिल्लो समयमा उहाँले पार्टी एकता अगाडि बढाउन नै चाहनुभएन। त्यही कारण यो अवस्था आयो, नेपालले भने।
नेपालले आलोचना र सुझाव सुन्न नचाहने ओलीले पार्टी एकतालाई स्वार्थ सिद्धिको साधन बनाएको र पार्टीभित्र पनि एक अर्का नेतालाई लडाउने, भिडाउने काम गरेको आरोप पनि लगाए । नेपालले प्रधानमन्त्रीको कुर्सी बचाउन ओलीले संविधानको अपब्याख्या गरेको आरोप पनि लगए।
नेपालले आफूहरुले आयोजना गरेको कार्यकर्ता राष्ट्रिय भेला स्थगित भयो भनेर गलत सूचनाु सम्प्रेषण गरेको भन्दै आपत्ति जनाए ।
गलत सूचना जारी गरियो । योगेश भट्टराईको नक्कली हस्ताक्षरको कागज टाँसेर फेक सूचना सम्प्रेषण गरिरहेका थिए,’ उनले भने, ु४ र ५ गतेको भेला स्थगित गरिएको छ। म आफैँ पनि हेरेँ, के पो आएछ रु उहाँको नाम र सही गरेको फोटोकपी गरेर टाँसेर गलत सूचना सम्प्रेषण गरिएको रहेछ।ु
उनले साइबर स्यालहरु अझै पनि ज्यूँदै रहेको भन्दै होसियार हुन आफ्ना पार्टी कार्तकर्तामाझ आग्रह गरे। ुसाइबर स्याल अझै पनि बाँचिहरेका छन्। हिजो मात्र नेकपा हुँदाखेरी थियो होला भनेको ठानेको त नेकपा एमालेले ठूलो जीवन पाइसकेपछि सबै हराएर गए होला भनेको त्यसो रहेनछु, उनले भने,ु साइबर स्यालदेखि होसियार। भोलि यस्तै गलत(गलत सूचनाहरु सम्प्रेषण गरिनेछन् अनि तपाईहरुलाई अलमलमा पार्नेछन्। ु
उनले पार्टीभित्र सिद्धान्त र विधिको लडाइँ भएकाले भ्रममा नपर्न आग्रह गरे। उनले प्रधानमन्त्री ओलीको अहंकार र व्यक्तिवाद, गुटगत मनोवृत्तिले पार्टीमा समस्या आएको दाबी गरे।
नेपालले आफूहरुले लिएको बाटो निर्माणको भएको दाबी गरेका छन् । उनले देश विकास र पार्टी एकता नै आफ्नो बाटो भएको बताएका हुन् । ‘हामीले जुन बाटो समातेका छौँ त्यो विनाश गर्न होइन निर्माण गर्न हो’, नेता नेपालले भने ।
नेता नेपालले परिवर्तन गर्नेहरु दुःख र कष्टमा नआत्तिने बताए । ‘परिवर्तन गर्नेहरु दुख कष्टसँग आत्तिदैनन र संकटको सामना गर्छन र अगाडि बढ्छन्’, उनले भने ।


प्रकाशित : २०७७ चैत्र ४, बुधबार १०:३१