सौ फर्साटिकर खानेपानी उपभोक्ता तथा सरसफाइ सस्थाको ११ औं साधारण सभा सम्पन्न

तुलसी राम पौडेल
फर्साटिकर,

रुपन्देहीको शुद्धोधन गाउँपालिका ३ रमवापुर स्थित सौ फर्साटिकर खानेपानी उपभोक्ता तथा सरसफाइ सस्थाको ११ औं साधारण सभा बुधबार सम्पन्न भयो।

लुम्बिनी प्रदेश सभा सदस्य तुलसी प्रसाद चौधरीले खानेपानी सस्थाले थोरै समयमा धेरै काम गर्न सफल भएको बताउनु भयो।सस्थाका अध्यक्ष ओम बहादुर फौदारको अध्यक्षता, लुम्बिनी प्रदेश सभा सदस्य तुलसी प्रसाद चौधरीको प्रमुख आतिथ्यता,लुम्बिनी प्रदेश सभा सदस्य पुस्पा चौधरीको विशिस्ट आतिथ्यता, संचालक समिती सदस्य लेख बहादुर खत्रीको स्वागत मन्तव्य ,अध्यक्षको प्रतिवेदन प्रस्तुत , कोषाध्यक्ष राधा पोख्रेलको आर्थिक प्रतिवेदन प्रस्तुत , लेखा समिती सदस्य नन्द बहादुर क्षेत्रीबाट लेखा प्रतिवेदन प्रस्तुत ,सस्थाका व्यवस्थापक मिना पौडेल क्षेत्रीको संचालनमा सम्पन्न कार्यक्रममा मोतिपुर खानेपानी उपभोक्ता तथा सरसफाइ सस्थाका अध्यक्ष भिमप्रसाद न्यौपाने , पश्चिम अमवा खानेपानी उपभोक्ता तथा सरसफाइ सस्थाका अध्यक्ष झपेन्द्रराज अर्याल ,, पुर्व खानेपानी आयोजना प्रमुख इन्जिनियर देबिप्रसाद पाठक,नेपाली काङ्ग्रेस शुद्धोधनकाव सभापति शेरबहादुर काफ्ले,नेकपा एमाले प्रतिनिधि कृष्ण काफ्ले ,नेकपा माओवादी केन्द्रका प्रतिनिधि शेरबहादुर थापा, राष्ट्रिय जनमुक्ति पार्टी शुद्धोधन अध्यक्ष निरबहादुर राना, शुद्धोधन गाउपालिका वडा ३ का सदस्य मणि खनालले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *