Latest Posts

सरकारमा सहभागी हुन माधव नेपाललाई आयो दबाब

लुदस ,काठमाडौँ, साउन १३ एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई उनी निकट सांसदले सरकारमा सहभागी हुन दबाब दिएका छन्...

टोकियो ओलम्पिकमा गौरिकाले तोडिन् आफ्नै रेकर्ड

लुदस ,काठमाडौं , साउन १३ जापानको टोकियोमा जारी ३२ औँ गृष्मकालीन ओलम्पिकमा नेपालकी पौडि खेलाडी गौरिका सिंहले राष्ट्रिय...

नगरकै नमुना सैनामैना नमुना माध्यमिक विद्यालयले बिज्ञान विषय सञ्चालन गर्ने

हरि आचार्य, रुपन्देही रुपन्देहीको सैनामैना नगरपालिकामा रहेको नगरपालिकाकै नमुना विद्यालय सैनामैना नमुना माध्यमिक विद्यालयले बिज्ञान विषय सञ्चालन गर्ने...

आज ३ हजार ८४० जनामा कोरोना संक्रमण, ३३ जनाको मृत्यु

  लुदस, काठमाडौ,साउन १३ पछिल्लो २४ घन्टामा ३ हजार ८ सय ४० जनामा कोरोना संक्रमण पुष्टि हुदा १...

आजको सेयर बजार

काठमाण्डौ ,साउन १३ सेयर बजार कारोबार मापक नेप्से आज उच्च विन्दुले उकालो लागेको छ । आज नेप्से परिसूचक...

Latest Posts

सरकारमा सहभागी हुन माधव नेपाललाई आयो दबाब

लुदस ,काठमाडौँ, साउन १३ एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई उनी निकट सांसदले सरकारमा सहभागी हुन दबाब दिएका छन् । नेपालसँग बुधबार भएको छलफलमा सांसदहरूले सरकारमा सहभागी हुनुपर्नेमा जोड दिएका हुन् । तर, नेपालले भने सांसदको कुरा सुने पनि कुनै...

कपिलवस्तुमा आजदेखि हात्तिपाईले बिरुद्धको औषधी खुवाईदै, ५ लाख बढीलाई खुवाउने लक्ष्य

हरि आचार्य , कपिलवस्तु
चैत २० अर्थात आज देखि कपिलवस्तुमा हात्तिपाईले बिरुद्धको १३ औँ अधियान संचालन हुँदै छ । कपिलवस्तुका दश स्थानीय तहमा हात्तीपाइले रोगविरुद्ध औषधि खुवाउने तयारी गरिएको स्वास्थय कार्यालय तौलिहवाले जानाएको छ । यस अघि १२ औँ पटक सम्म औषधि अभियान संचालन भए पनि कपिलवस्तुबाट हात्तिपाईले निर्मूल हुन नसेपछि यस वर्ष १३ औँ पटक औषधी अभियान संचालन गर्नुपरेको स्वास्थ्य कार्यालयका फोकल पर्सन उमेश घिमिरेले बताए ।

राष्ट्रिय हात्तीपाइले कार्यक्रम सर्भेको प्रारम्भिक तथ्यााङ्क अनुसार जिल्लाका विभिन्न पालिकाका नगरिकहरुमा हात्तिपाईले फाइलेरिया देखिएका कारण यो अभियान कपिलवस्तुमा संचालन हुन लागेको हो । आज पहिलो दिन जिल्लाका सबै वडामा रहेका स्वास्थ्य संस्थाहरुमा स्वास्थ्यकर्मीहरुले हात्तिपाई बिरुद्धको औषधि प्रदान गर्ने छन भने शनिबार देखि जिल्लाका सबै वडाका नागरिकहरुलाई घरघरमै स्वास्थ्यकर्मीको निगरानीमा औषधी खुवाउने कार्यक्रम रहेको घिमिरेले जानकारी दिए ।
यसका लागि कपिलवस्तुमा ७ सय ५० भन्दा बढी स्वास्यकर्मी अभियानमा खटिदैँ छन् ।

सामन्यतया मानिसमा यो रोगको परजिवी भएकामा मानिस बाहिरी रुपमा स्वस्थ देखिए पनी भित्री अंङ्गमा परजिविले क्षेती पु¥याई हरेको हुँन्छ । परजीविका कारण मृगौला खराब भएर पिसाव सम्बन्धी रोग लाग्न सक्छ ।

दुई वर्ष मुनिका बालबालिका बाहेक सिकिस्त बिरामी, गर्भवती महिला र छारे रोगीहरुले औषधी खानु हुँदैन । त्यस्तै क्यान्सर, मुटु, मृगौला, कलेजो, फोक्सोका दिर्घ रोगीहरु र ज्वरो आएको २४ घण्टा भित्रका विरामीले पनि औषधी खानु हुँदैन । त्यस बाहेक सबैले निस्फिक्री रुपमा औधषी खाएर जिल्लाबाट हात्तिपाईले रोग निर्मुल पार्न सहयोग गर्नु पर्ने जिल्ला स्वास्थ्य प्रमुख हेमराज पाण्डेले बताए ।

त्यस्तै कम ज्वरो आउँनु, हातगोडामा निलडाम देखिनु, पुरुषको अण्डकोष वरपर नसाहरु फुल्नु, महिलामा स्तन वा यौनाङ्ग सुनिनु, दुख्नु आदी लक्षण देखा पर्ने चिकित्सकहरुले बताएका छन् । चिकित्सकहरुले हात्तिपाईलेको औधषी सेवन पछि शरिरमा समान्य असर देखिनु सकारात्मक लक्षण भएको जानकारी दिएका छन् ।

त्यसैले रोग बिरुद्ध आम नेपालीले काँधमा काँध मिलाएर आत्मसात गर्दै पर्खाल बन्न आवश्यक देखिन्छ ।

Facebook Comments Box

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *