लुम्बिनी प्रदेश पत्रकार महासंघको नेतृत्वमा ३ जनाको बिचमा प्रतिष्प्रर्धा हुने

[sharethis-inline-buttons]

 

बुटवल चैत्र २०
चैत्र २५ गते हुने नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशको अध्यक्ष पदका लागि ३ जनालको उम्मेदावरी दर्ता भएका छन । । प्रदेश अध्यक्षका लागि महासंघका वर्तमान उपाध्यक्ष भरत केसी, महासंघ गुल्मीका पूर्वअध्यक्ष धनश्याम गौतम र बर्तमान केन्द्रिय सदस्य बसन्त गिरीलबिचमा प्रतिप्रर्धा हुने छ ।

त्यस्तै उपाध्यक्षमा गणेश कुमार आचार्य, माधव भाट, शिवलाल सुवेदी शुक्रऋषि चौलागाई, महिला उपाध्यक्षमा चुमा आचार्य र पुष्पा खनालले उम्मेदावरी दर्ता गरेका छन ।

महासचिवमा गोबिन्द्र प्रसाद शर्मा, विक्रम खड्का, विश्वराज पछलङ्या चौधरी, श्यामलाल पोखरेलको उमेद्वारी परेका छन ।। सचिवमा काशीराम शर्मा, जयसिंह केसी, नरेश केसी, तिलक गाउँले र रमेश पोखरेल, समाबेशी सचिव पदमा राजेन्द्र रावत क्षेत्री र शिव कुमार सुनारले उम्मेदावरी दिएका छन् ।

साथै कोषाध्यक्षमा नन्दराम पौडेल, नवराज भुसाल र यमनाथ घिमिरेले उम्मेदावरी दर्ता गरेका छन् । यस्तै खुल्ला सदस्यमा किरण विक्रम शाह, कुलराज बञ्जाडे, केशर बहादुर रोका, गोपाल भण्डारी, जीवन डाँगी, देविराम बञ्जाडे, प्रेम नारायण आचार्य, भुवन कार्की माधवराज न्यौपाने, सुनिल कुमार पोखरेल, महिला सदस्यमा पार्वती आचार्य, पार्वती बस्नेत, मिना ढकाल, सरला सुवेदी सावित्री रसाइली, दलित सदस्य पदमा गोविन्द विक, चिन्ता बहादुर दर्जी, शान्ति विक, आदिवासी जनजाति सदस्यमा गणेश सारु, टेक बहादुर मस्की, भिम प्रसाद गुरुङ र सनु थापा, मधेशी सदस्यमा अंकुश कुमार श्रीवास्तव, तुलसीराम यादव, विन्दु कुमार चौहान र रामविकास चौधरी, अल्पसंख्यक सदस्यमा ओरीराम चौधरी र मो।आरिफ अन्सारीलका उम्मेदावरी दर्ता भएका छन ।


प्रकाशित : २०७७ चैत्र २०, शुक्रबार ०८:५५