काठमाडौं
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिट्टै नयाँ सरकार बन्ने जनाएका छन्। शनिबार कपिलवस्तुमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रचण्डले यो कुरालाइ प्रष्ट पारेका हुन्।
कपिलवस्तुमा आयोजित जिल्ला स्तरीय प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमलाई तौलिहवामा सम्बोधन गर्दै प्रचण्डले शुक्रबारको कांग्रेसको निर्णयले राजनीतिले कोल्टे फेरेको भन्दै छिट्टै नयाँ सरकार बन्ने बताएका हुन्। ‘कांग्रेसको निर्णयले राजनीतिले कोल्टे फेरेको छ’, प्रचण्डले भने, ‘म तपाईं सबैलाई बधाई भन्न चाहन्छु। अब छिट्टै नयाँ सरकार बन्छ। नयाँ परिस्थिति बन्नेछ। ’
हिजो र आजसम्मको काठमाडौंको राजनीतिक घटनाक्रम फेरिएको छ’, प्रचण्डले भने, ‘काठमाडौंमा नयाँ सरकार गठनका बारे बैठकहरु घनिभूत ढंगले अगाडि बढाउने छु भनेर आएको हुँ। त्यही कामको निम्ति मैले छिटो काठमाडौं जानु परेको छ’, प्रचण्डले भने।






















