
लक्ष्मी पाण्डे
तिलोत्तमा चैत्र २२
दृष्टिविहीनका व्यक्तीहरुका लागि गोलबल प्रशिक्षणको समापन कार्यक्रम आज बुटवल देवीनगरमा सम्पन्न भएको छ । पाच दिन सम्म चलेको प्रशिक्षण कार्यक्रमको समापन कार्यक्रममा वुटवल उपमहानगरपालिकाको आर्थिक सहयोग , राष्ट्रिय दृष्टिविहीन खेलकुद संघको प्राविधिक सहयोगमा दृष्टिविहीन क्रिकेट संघ लुम्बिनीको आयोजनामा भएको प्रशिक्षण कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका नगर खेलकुद विकास समितीका अध्यक्ष नन्दु काउचाले बुटवलमा दृष्टिीविहीनको खेलकुदको विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । “स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद “ भन्ने मुल नारालाइ नारामा मात्र सीमित नराखी व्यवहारमा उतारेर दैनिक जीवनमा अति आवश्यक त्रियाकलापको रुपमा पनि लिन आग्रह गनुभयो । गोलबल खेल रुपन्देहीमा पहिलो पटक भित्रिएको र यसलाई बिस्तार र विकास गर्न आफ्नो सहयोग सधै रहने कुरामा जोड दिनुभयो ।
दृष्टिविहीन क्रिकेट संघ लुम्बिनीका अध्यक्ष निर्मल पौडेलको अध्यक्षता, बुटवल उपमहानगरपालिकाका नगर खेलकुद विकास समितीका अध्यक्ष नन्दु काउचाको प्रमुख आतिथ्यता , बुटवल उपमहानगरपालिकाका नगर खेलकुद विकास समितीका सदस्य उमेश थापाको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । प्रशिक्षण कार्यक्रममा ेरुपन्देहीका १५ जना न्युन तथा पुर्ण दृष्टिविहीन व्यक्तीहरुको ेसहभागितामा रहेको थियो । कार्यक्रममा राष्ट्रिय दृष्टिविहीन खेलकुद संघका अध्यक्ष उपेन्द्र श्रेष्ठ ,संघका महासचिव बासुदेव घोरासैनी ,सुरेन्द्र तामाङले प्रशिक्षण दिनुभएको थियो भने समापन कार्यक्रमको सञ्चालन संस्थाकी सदस्य समिक्षा ज्ञवालीले गर्नभएको थियो ।
२०७२ सालमा डेनमार्कको प्रविधिक सहयोग तथा प्रशिक्षणमा नेपालमा भित्रीएको गोलवल खेल रुपन्देहीमा भने पहिलो पटक भित्रीएको खेल हो । यो खेल देख्नेहरुले पनि आखामापट्टी बाधेर खेलिने खेल हो भने खेलमा जम्मा ६ जना खेलाडी राखेर खेलाइन्छ ।