बुटवल चैत्र २३
लुम्बिनी प्रदेश उद्योग परिसंघको बु्टवलमा सम्पन्न प्रथम बैठकले जिम्मेवारी बाँडफाँड गरेको छ । परिसंघका अध्यक्ष एजाज आलमको अध्यक्षतामा बुटवल ८ सुख्खानगर स्थित सचिवालयमा सम्पन्न बैठकले परिसंघको वरिष्ठ उपाध्यक्षमा दिनेशराज रेग्मी, उपाध्यक्षहरुमा बाबुराम बोहोरा, बोनिन पिया, रामप्रसाद बस्याल र सफर अलि मियालाई चयन गरेको छ । सोही बैठकले जिल्लाहरुमा उद्योग संघ गठनका निमित्त विशेष जिम्मेवारी समेत प्रदान गरेको छ । जस अनुसार गुल्मीमा श्रृजना अर्याल, अर्घाखाँचीमा बाबुराम श्रेष्ठ, कपिलवस्तुमा सफर अलि मियाँ, दाङ्गमा गेहेन्द्र बहादुर बस्नेत, पाल्पामा नारायण कार्की र बाँकेमा तारा रोकायालाई जिम्मेवारी प्रदान गरिएको हो । परिसंघले संस्थागत गतिविधि विस्तारसँगै औद्योगिक विकासका आधारहरु तय गर्न बु्टवलमा सचिवालय स्थापना गरी काम अघि बढाएको छ । यस अघि प्रदेश भेलाबाट एजाज आलमको अध्यक्षतामा १५ सदस्यीय लम्बिनी प्रदेश उद्योग परिसंघको गठन गरिएको थियो ।

लुम्बिनी प्रदेश उद्योग परिसंघमा जिम्मेवारी बाँडफाँड
लुम्बिनी दर्पण
२०७७ चैत्र २३, सोमबार १४:०३
[sharethis-inline-buttons]
प्रकाशित : २०७७ चैत्र २३, सोमबार १४:०३











- भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउन विपक्षी दलहरू सहमत
- दुर्घटनाग्रस्त विमानमा गुजराजतका पूर्वमुख्यमन्त्री रुपाणी पनि थिए सवार
- भारतमा २४२ यात्रु सवार एयर इन्डियाको जहाज दुर्घटना
- एक साताभित्र देशभर मनसुन सक्रिय हुने मौसम पूर्वानुमान
- अमेरिकाबाट धेरै लगानी भित्र्याउन बालुवाटारका सल्लाहकारको जोड
- तीनकुने घटना प्रकरण : दुर्गा प्रसाईंसहित प्रतिवादीविरुद्धको थुनछेक बहस अन्तिम चरणमा
- बुटवल आसपासबाट करोडौं अवैध रुपैयाँ बरामद, भरिया पक्राउ, मालिक फरार
- विनयी खोलामा बाढीले डाइभर्सन बगायो, पूर्व–पश्चिम राजमार्ग ठप्प
- भैरहवाका १० वटा अवैध निजी स्वास्थ्य संस्थामा जिल्ला प्रशासनले लगायो ताला
- प्रहरीको डीएसपी भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ


लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित
लुम्बिनी दर्पण अनलाइन
बाणगंगा न.पा. ४, कपिलवस्तु
सम्पर्क नं. ९८५७०५२२८४, ९८४७०४०९९६, ९८५७०५१०६६, ९८६११११२६०
कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही
सम्पर्क नं. ९८४७१२५७३७
Team
अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल
सामाजिक संजालमा हामी
© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy
Powered by: ProTech