बाणगंगामा नितिगत भष्ट्राचार : ठेकेदारलाई राहत, नगरवासीलाई आघात

ByLumbini Darpan Online

२४ चैत्र २०७७, मंगलवार ०४:१६ २४ चैत्र २०७७, मंगलवार ०४:१६ २४ चैत्र २०७७, मंगलवार ०४:१६

जितपुर कपिलवस्तु,चैत्र २४

सुसासनमा देशमै प्रथम भएको बाणगंगा नगरपालिका कागज मिलाएर नितिगत भष्ट्राचार हुने गरेको तथ्य फेला परेको छ । नगरले गतवर्ष कोभिडका कारण भएको लकडाउनले ठेकेदारलाई घाटा लागेको निष्कर्ष निकाल्दै कागज मिलाएर एकाएक ठेक्का दिएपछी ठेकेदार त मालामाल भएका छन् ।

तर नगरबासी भने आक्रान्त बनेका छन् । यीनै नगरबासीको भोट लिएर बनेका जनप्रतिनिधि ले नै जनताको कुरा नसुनेपछी कस्ले सुन्ने यस्तै अवस्था रहेको छ कपिलवस्तुको बाणगंगा नदिमा लगाएको ठेक्कामा ।

नगरपालिकाले गतवर्ष कोईली नदिमा निकासी ठेक्का दिएको धमनी देउराली निर्माण सेवा लाई हाल आएर मापदण्ड मिच्दै लक्ष्मणघाट पुल र बनगाई कोपवा कजवे नजिकैबाट ठेक्का दिदा यी संरचना जोखिमा परेका हुन् ।

नदिजन्य ऐन कार्यविधिलाई मिच्दै नगरले ठेक्का लगाएको हो । प्रदेशको नदिजन्य कार्यविधिमा पुल र कजवे तथा संरचनाबाट ५ सय मिटर माथि र तल १ किलोमिटर भित्र ठेक्का लगाउन नपाउने कार्यविधि भएपनी मापदण्डको धज्जी उडाउदै नगरले ठेक्का लगाएको हो । त्यतिमात्र होईन बन र बस्ती समेत जोखिममा परेको सामुदायिक बन महांसघ कपिलवस्तुका अध्यक्ष एवम् स्थानिय बासी हुमनाथ भट्रराईले बताए । त्यस क्षेत्रमा यतिवेला ठेकेदारले मनपरी मच्याएका छन् । ठेकेदारले वातावरणिय प्रभाव मुल्याङ्गनको प्रवाह नैे नगरि भ्क्ष्भ् नै नगरेको स्थानबाट पनी नदिजन्य पदार्थ निकालेर बम्रलुट गरिरहेका छन् ।

नगरका कतिपय जनप्रतिनिधिहरु समेत मिलेर लुटको साम्रज्य खडा गर्ने, भ्रष्ट हरुलाई संरक्षण दिने, क्रुर शासकिय प्रवृति र कानुनको धज्जी उडाउदै ठेक्का लगाउने चाहनाले नगर बदनामी हुदै गएको छ । आसा र भरोषा गरेका जन प्रतिनिधिहरुबाटै जनता वाक्क दिक्क बन्न थालेका छन् ।

१.यस्तो छ कार्यविधि :
बन क्षेत्रबाट १ किलोमिटर भित्र, पक्कि पुलको ५ सय मिटर माथि र १ किलोमिटर तल घना बस्त्ँीबाट १ किलोमिटर तल नदि खोलाको वर्षातको किनारमा आधारित क्षेत्र वरिपरिबाट नदिजन्य पदार्थ निकासी गर्न नपाउने प्रवधान रहेको छ यदी निकाल्ने अवस्था श्रीजना भए नद ीजन्य पदार्थ नदि, खोला, र खहरेमा बाढी पहिरोका कारण मिस्कट बालुवा,ढु∙ा र माटोजन्य पदार्थ थुप्रिन गई सोको कारण बस्ती तथा भैतिक संरचनामा जोखिम उत्पन्न भएको वा हुनसक्ने अवस्था श्रीजना भएमा विपत व्यवस्थापन समितिसंग परामर्श लिई वा दफा ३६ को उपदफा १ बमोजिमका समितिले यस्ता पदार्थ हटाउनुपर्ने भनी तोकेको स्थानबाट मात्र नदिजन्य पदार्थ निकासी गर्ने व्यवस्था भएतापनी कार्यविधिको धज्जी उडाउदै ठेकेदार दोहनमा लम्पट भएको हो ।

यस्तो छ सजायको व्यवस्था :
निषेधित क्षेत्रबाट नदीजन्य पदार्थ दोहन गरेमा दफा १४ को उपदफा १ वमोजिम निषेधित कार्य वा यो कार्यविधि वर्खिलापका कुनै कार्य गर्ने गराउने उपर प्रचलित कानुनमा व्यवस्था भएअनुसार सजाए हुने व्यवस्था रहेको छ ।

थप समय माग्दै ठेकेदार :


ठेकेदारले नदिजन्य पदार्थ निकासी गर्दा स्थानियहरुले केहि समय अवरोध गरेको भन्दै , थप समयको माग गरेको छ । नगरले यहि फागुन २३ गतेबाट चैत्र २४ गते सम्म निकासी आदेश दिए लगत्तै निकासी सुरु गरेको धमनी देउराली निर्माण सेवाले शिवरात्री पर्वको समेत छुट दिनुपर्ने भन्दै १५ दिन समय थप गरिदिन नगरलाई पत्राचार गरेको छ । सो पत्र नगरमा दर्ता भई सुरक्षित गरिएको छ । नगरका जनप्रतिनिधिहरुले यसमा के गर्लान त्यो भने हेर्न बांकी छ । तोकिएको मापदण्ड सकियो, बन्द गर्ने छैन् सुर धमनी देउराली निर्माण सेवा ले गतवर्ष कोईली खोलाको ठेक्का दुई महिना संचालन गरेको थियो । १३ सय ५० घनमिटर मात्र निकासी भएको प्रतिवेदनमा उल्लेख छ । तर त्यसमा संलग्न एक ठेकेदारले भने करिव १५ हजार घन मिटर निकालेको बताए । यसरी गलत प्रतिवेदन बनाएर कर्मचारी र केहि जनप्रतिनिधि मिलेको हुनसक्ने आशंका गरिएको छ ।

यता गत वर्ष ठेक्का दिएको क्षेत्र आसपास वर्दवा १ , वर्दवा २, वर्दवा ३ क्षेत्रबाट निकासी दिने निणर्य गरेको कार्यपालिकाले पुन ठेकेदारको माग अनुसार नै लामो समयदेखि ठेक्का नै नलागेको संरक्षित क्षेत्रबाट ठेक्का दिनु पनी रहस्यमय छ । ठेकेदारले दैनिकजसो २ सय बढी ट्रयाक्टरबाट निकासी गरिरहेको र प्रति ट्याक्टर न्युनतम १० ट्रक सम्म निकासी हुदाँ तोकेको मापदण्ड सकिएको स्थानियको दावी छ । सो क्षेत्रबाट नगरपालिकाले १६ सय ३८ घनमिटर निकासीका ठेकेदारलाई राहत दिएको थियो । ठेकेदारले तोकेको घनमिटर जोगाउन रसिद नै नकाटी डम्पिङ्ग गर्ने र सोझै बाह्य क्षेत्र क्रेसर र अनेत्र बेच्ने गरेका छन् ।

नगरको गैर जिम्मेवार भनाई :

यता ठेक्का दिएको बाणगंगा नगरका उपमेयर चक्रपाणी अर्याल संग यस विषयमा कुरा गर्दा उनले आफुहरु अन्य काममा व्यस्त भएको भन्दै पुल नजिकबाट निकासी भएको विषयमा थाहा नभएको तर्क गरे उनले अनुगमन के ह्ुन्छ फितलो अनुगमनको विषयमा सोध्दा केहि समय पछी त्यस क्षेत्रमा जाने बताए ।

तत्काल रोक लगाउन आदेश हुन्छ : प्रजिअ

कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी चक्रपणी पाण्डेले कानुन विपरित काम गर्ने नदी दोहन गर्ने जो कोहिलाई पनी कार्वाहि हुने बताउदै तत्काल रोक्न आदेश दिने बताए ।

आफुलाई समाजसेवी कहने कतिपय स्थानियहरु समेतको र्‍याल कडाईले नदी जन्य पदार्थ दोहन गरेर अकुत कमाउने सपनामा ठुला संरचना ध्वस्त हुदा समेत निरिह बन्ने र अकुत कमाईको आड्मा चन्दा बाड्दै राजनिति गर्ने फाईदा लुटनेहरुका कारण नगरको गरिमामा समेत आच आएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *