तिलोत्तमामा वैशाख २० भित्रै वार्षिक परीक्षा हुने

ByLumbini Darpan Online

४ बैशाख २०७८, शनिबार ०६:५६ ४ बैशाख २०७८, शनिबार ०६:५६ ४ बैशाख २०७८, शनिबार ०६:५६

 

तिलोत्तमा , बैशाख ४
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले यस वर्षको वार्षिक परीक्षा यहीँ वैशाख २० गतेभित्र सक्ने निर्णय गरेको छ । कोभिड १९ को संक्रमण दिनहु रुपमा बढ्न थालेपछि नगरस्तरीय परीक्षा सञ्चालन तथा समन्वय समितिको शुक्रबारको बैठकले विद्यालय स्तरीय वार्षिक परीक्षा छिट्टै लिने निर्णय गरेको हो । दोस्रो चरणको कोरोना महामारी तीव्र रुपमा बढ्दै जाँदा नेपाल सरकारले पनि प्रभावित मुख्य १४ जिल्लामा विद्यालय तथा बढी भिडभाड हुने क्षेत्रलाई बन्द गर्न भनेको छ ।

परीक्षा नलिँदै विद्यालय बन्द गरिँदा त्यसले विद्यार्थी, शिक्षक, अभिभावक सबैमा नकारात्मक असर पर्ने भएकोले कोरोना सुरक्षा मापदण्ड अपनाई तत्काल परीक्षा सञ्चालन गर्ने निर्णय गरिएको शिक्षा शाखा प्रमुख गंगाराम आचार्यले जानकारी दिए । नगर प्रमुख तथा समिति संयोजक बासुदेव घिमिरेको अध्यक्षतामा बसेको बैठकले बालविकासदेखि कक्षा ३ सम्मको परीक्षा यहीँ वैशाख १२ गतेसम्म र कक्षा ४ देखि ९ सम्मको परीक्षा वैशाख २० गतेभित्र सक्ने निर्णय गरेको हो।

बैठकले वैशाख १२ बाट सुरु हुनेगरी कक्षा ८ को नगरस्तरीय परीक्षा सञ्चालनको लागि परीक्षा तालिका तथा परीक्षा केन्द्र समेत निर्धारण गरेको छ । यो वर्ष नगरस्तरीय परीक्षाको लागि ९ वटा केन्द्र निर्धारण गरिएको शिक्षा शाखा प्रमुख आचार्यले जानकारी दिए ।
कोरोनाबाट सबैभन्दा बढी बालबालिकाहरु प्रभावित भैरहेको भन्ने खबरहरु दिनहु रुपमा आइरहदा नगर प्रमुख बासुदेव घिमिरे, शिक्षा शाखा प्रमुख गंगाराम आचार्यसहितको टोलीले विद्यालयहरुको अनुगमन गरेको छ । कोरोना सुरक्षा मापदण्डको पालनालाई केन्द्रमा राखी टोलीले सामुदायिक तथा संस्थागत विद्यालयको अनुगमन गरेको हो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *