
लुदअ ,पाल्पा, बैशाख ७
देशैभरी कोरोनाका बिराम दिनहु बढिरहदा यसबाट पाल्पा पनि प्रभावित भएको छ । पाल्पामा केही महिनादेखि शून्य रहेको कोरोना संक्रमण दर दिनहुँ बढ्दै गएको छ । पीसीआर परीक्षण गरिएमध्ये करिब ५० प्रतिशतमा कोरोना संक्रमण देखिएपछि पाल्पामा संक्रमणको दरबढरन लागेको पुष्टि भउको हो । । मंगलबार मात्र ३९ जनाको पीसीआर परीक्षण गर्दा १९ जना कोरोनाका सङ्ंक्रमित भेटिएका हुन ।
संक्रमण पुष्टि हुनेमा तानसेन नगरपालिकाका ८ जना, बगनासकाली,पूर्वखोला र रिब्दिकोट गाउँपालिकाका २र२ जना,रैनादेबी छहरा गाउँपालिकामा ४ जना र रामपुर नगरपालिकामा १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जानकारी दिएको छ ।पाल्पामा अहिलेसम्म संक्रमितको संख्या २ हजार ५५ पुगेको छ । संक्रमितमध्ये १ हजार ९ सय ६३ जना निको भएका छन् भने ३८ जनाको ज्यान गएको छ ।