बुटवलका विद्यालय बैशाख मसान्तसम्म बन्द

ByLumbini Darpan Online

८ बैशाख २०७८, बुधबार ११:१७ ८ बैशाख २०७८, बुधबार ११:१७ ८ बैशाख २०७८, बुधबार ११:१७

 

बुटवल, बैशाख ८
बुटवलका विद्यालय बैशाख मसान्तसम्मका लागि बन्द हुने भएका छन । कोरोना संक्रमण दर तिव्र रुपमा बढरन थालेपछि बुटवलका सबै विद्यालयबैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको हो ।  उपमहानगरपालिकाले कक्षा ८ को अन्तिम परीक्षा पनि अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको छ भने पूर्व निर्धारित विद्यालय स्तरीय आन्तरिक परीक्षाहरु बैशाख मसान्तसम्मका लागि स्थगित गरेको छ । विद्यालय प्रशासन भने नियमित रुपमा सञ्चालन हुने उपमहानगरपालिकाले जनाएको छ । बैशाख ९ गतेदेखि बैशाख मसान्तसम्म कक्षा नर्सरीदेखि कक्षा १२ सम्मका पठनपाठन बन्द गरी अन्य वैकल्पिक माध्यमबाट शिक्षण सिकाई गर्नरगराउन बुटवल उपमहानगरपालिकाले आग्रह गरेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *