भारतमा एकैदिन झण्डै दुई लाख जनाले कोरोनालाई जिते

[sharethis-inline-buttons]

लुदअ बैशाख ११, काठमाण्डौ
भारतमा पहिलो पटक एकैदिनमा झण्डै दुई लाख जनाले कोरोनालाई जितेका छन्।

भारतमा सङ्क्रमणको नयाँ रेकर्ड बन्दै गरेका बेला निको हुनेको सङ्ख्या पनि बढेको छ । गएको २४ घण्टामा एक लाख ९२ हजारभन्दा धेरैले कोरोनालाई जितेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

योसँगै भारतमा निको हुनेको सङ्ख्या एक करोड ८६ लाखभन्दा धेरै पुगेको छ । यस्तै, पछिल्लो तीन दिनमा भारतमा कोरोनाका १० लाखभन्दा धरै सङ्क्रमित थपिएका छन् । तीन दिनमा ६ हजारभन्दा धेरैको ज्यान गएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या २५ लाखभन्दा धेरै पुगेको छ ।

भारतमा गएको २४ घण्टामा तीन लाख ४५ हजार एक सय ४७ जना नयाँ सङ्क्रमित थपिएका छन् । दुई हजार ६ सय २१ जनाको गएको २४ घण्टामा ज्यान गएको छ । योसँगै ज्यान गुमाउनेको सङ्ख्या १८ लाख ९ हजारभन्दा धेरै पुगेको छ । अहिलेसम्म सङ्क्रमितको सङ्ख्या भने एक करोड ६६ लाखभन्दा धेरै पुगेको छ ।

पछिल्लो समय भारतमा कोरोना महामारी दिनदिनै बढिरहेको छ भने ज्यान गुमाउनेहरु पनि बढिरहेका छन् । कोरोनाका गम्भीर बिरामी बढेसँगै दिल्ली, महाराष्ट्रलगायत राज्यका अस्पताल भरिभराउ हुन थालेका छन् । बिरामीले शैया पाउन लामो समयसम्म पर्खनु पर्ने अवस्था छ । यस्तै, बिरामी बढेसँगै अस्पतालहरुमा अक्सिजनको अभाव हुन थालेको छ । यस्तै, जोखिम बढेपछि आन्ध्र प्रदेशमा आजदेखि रात्रिकालीन कर्फ्यु लागु हुने भएको छ ।

आन्ध्र प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या १० लाखभन्दा धेरै छ ।


प्रकाशित : २०७८ बैशाख ११, शनिबार ०२:१८