रुपन्देहीको कोटिहवामा सवारी दुर्घटना हुदा २ जनाको ज्यान गयो

ByLumbini Darpan Online

१२ बैशाख २०७८, आईतवार ११:४५ १२ बैशाख २०७८, आईतवार ११:४५ १२ बैशाख २०७८, आईतवार ११:४५

 

बुटवल, बैशाख १२
रुपन्देहीको कोटिहवामा टिप्परले २ वटा जन्ती बस र एक जिपलाइ ठक्कर दिदा २ बालिकाको ज्यान गएको छ भने ६ जना गम्भिर घाईते भएका छन् ।
सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल बेलहिया सडक खण्डको कोटिहवामा भएको उक्त घटनामा परि रुपन्देहीको तिलोत्तमा १५ कि बर्ष १० की सरस्वती हरीजन र बर्ष ८ की गंगा हरिजनको ज्यान गएको प्रहरीले बताएको छ । भैरहवा बाट बुटवल तिर आउदै गरेका जन्ती बोकेको लु १ ख ९६८५ नम्वरको बसलाई भैरहवा तर्फबाटै नै बुटवल आउदै गरेको लु १ ख ६०६४ नम्वरको टिप्परले पछाडीबाट ठक्कर दिएको थियो । टिप्परले पछाडीबाट ठक्कर दिएपछि हुत्तिएको बसले जन्ती बोकेकै अर्कौ लु १ ख ५७८८ नम्वरको बसलाई ठक्कर दिएको र उक्त बस अनियन्त्रीत भई लु २ च ७०७२ नं बलेरो जिपलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी टिप्पर चालक सहित ६ जना घाईते भएको लुम्विनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । घाईते मध्ये टिप्पर चालकको भैरहवा स्थीत युनिभर्सल मेडिकल कलेजमा र अन्य ५ जनाको मणिग्राम स्थीत क्रिमसन अस्पतालमा उपचार भई रहेको छ ।

अहिले ट्राफिक प्रहरीले टिप्परको आवत जावतलाई रोकेको छ । टाफिक प्रहरीका अनुसार बुटवलबाट भैरहवा तर्फ जाने टिप्परहरु योगिकुटीमा रोकिएका छन भने भैरहवाबाट बुटवल तर्फ आउने टिप्परहरु अन्चलपुरमा रोकिएका छन

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *