बढ्दो रुपमा कोरोना संक्रमण : रुपन्देही

ByLumbini Darpan Online

१४ बैशाख २०७८, मंगलवार ०९:२३ १४ बैशाख २०७८, मंगलवार ०९:२३ १४ बैशाख २०७८, मंगलवार ०९:२३

 

 

 

भैरहवा ,बैशाख १४

तिव्र रुपमा बढिरहेको कोरोना संक्रमण रुपन्देहीमा पछिल्लो चार दिनमा मात्र ९ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमण नियन्त्रणका लागि सरकारी स्तरबाट कुनै ठोस कदम नचाल्दा र सर्वसाधरणको लापरवाहीका कारण संक्रमण दिनहुँ बढ्दै गएको छ ।स्वास्थ्य कार्यालय रुपन्देहीले उपलब्ध गराएको तथ्यांक अनुसार शुक्रबार २ सय २७ जना, शनिबार ३ सय एक, आइतबार २ सय ४ जना र सोमबार २ सय ६३ जनामा संक्रमण पुष्टि भएको ।

सोमबार ४ सय ७६ जनाको कोरोना संक्रमण परिक्षण गर्दा २ सय ६३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले जानकारी दिए ।
जिल्लामा गाउँ क्षेत्रभन्दा शहरी क्षेत्रमा संक्रमणको ग्राफ बढ्दो अवस्थामा छ । रुपन्देहीको शहरी क्षेत्र बुटवल उपमहानगरपालिका, सिद्धार्थनगर नगरपालिका र तिलोत्तमा नगरपालिकामा संक्रमण बढ्दै गएको छ ।

संक्रमण नियन्त्रणका लागि स्थानीय प्रशासन र स्थानीय तहको प्रमुखहरुको आइतबार बसेको बैठकले सबै शिक्षण संस्था बन्द गर्ने र यातायातमा जोर विजोर प्रणाली लागू गर्ने निर्णय गरेको छ ।यति गरेर मात्रै नभइ जिल्लामा लकडाउन गर्नुपर्ने अवस्थामा आएको सरोकारवालाहरुको भनाइ छ । जिल्लामा कुल एक हजार चार सय ७० जना सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *