रुपन्देहीमा ४१९ जना कोरोनाका बिरामी थपिए

ByLumbini Darpan Online

१४ बैशाख २०७८, मंगलवार १२:३२ १४ बैशाख २०७८, मंगलवार १२:३२ १४ बैशाख २०७८, मंगलवार १२:३२

 

बुटवल बैशाख १४
रुपन्देहीमा ६४० जनाको कोरोना जाच गर्दा आज रुपन्देशीमा ४ सय १९ जना कोरोनाका बिरामी थपिएका छन । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार ६४० जनाको कोरोना जाच गर्दा ४ सय १९ जना कोरोनाका बिरामी थपिएका  बुटवल उपमहानगरपालिकामा मात्रै २१३ जनामा संक्रमण देखिएको छ ।

त्यस्तै सिद्धार्थनगर नगरपालिमामा ४३, तिलोत्तमा नगरपालिकामा १०८, सियारी गाउँपालिकामा २, देवदह नगरपालिकामा १४, गैडहवा गाउँपालिका र मायादेवी गाउँपालिका, रोहिणी गाउँपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकामा १र१ जना, सनामैना नगरपालिकामा १६, आमसतिया गाउँपालिकामा २, कञ्जन गाउँपालिकामा ४, शुद्धोधन गाउँपालिकामा ७, सम्मरीमाई गाउँपालिकामा ५ जनामा संक्रमण भेटिएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप २ जना संक्रमितको मृत्यु भएको छ ।
हालसम्म रुपन्देही जिल्लामा ११ हजार २३१ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये ८२ प्रतिशत अर्थात ९ हजार १८२ जना निको भएका छन् भने हाल १ हजार ८८७ जना कोरोनाका संक्रिय बिरामी रहेका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *