रुपन्देहीमा भोलिदेखि निषेधाज्ञा लागु हुने

[sharethis-inline-buttons]

 

 

बुटवल , बैशाख, १५
रुपन्देहीमा कोरोना संक्रमण बढदै गएपछि जिल्ला प्रशासन कार्यालयले भोलि बिहानदेखि रूपन्देहीमा लकडाउन गर्ने भएको छ । भोलीबैशाख १६बिहान ६ बजेदेखि बैशाख ३० गते बिहान ६ बजेसम्म २९ गते सम्म रूपन्देहीमा निषेधाज्ञा हुने रूपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए ।
उनले रूपन्देहीमा अत्यावश्यक बाहेकका हरेक क्षेत्र बन्द हुने जानकारी दिए । यस अवधिमा शान्ति सुरक्षा तथा सुव्यवस्था, स्वास्थ्य, खानेपानी, दुध, बिद्युत्, दमकल, सञ्चार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला, व्यवस्थापन, इन्धन, एम्बुलेन्स, स्वास्थ्यकर्मी, औषधी र अत्यावश्यक वस्तु तथा माल समान ढुवानी गर्ने ढुवानीका साधन जस्ता अति आवश्यक सेवा बाहेक अन्य सम्पूर्ण पसल, व्यवसाय र सेवा सञ्चालन बन्द गर्ने निणर्य गरेको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए। त्यस्तै जिल्ला भित्र सबै प्रकारका निजी तथा सार्वजनिक यात्रुवाहक सवारी साधन सञ्चालन गर्न निषेध गरिएको छ ।
त्यस्तै परम्परागत रुपमा भई आएको दैनिक रुपमा हुने आन्तरिक नित्य पूजा बाहेकका सम्पूर्ण धार्मिक, सांस्कृतिक गतिविधिहरू सञ्चालन तथा जमघटमा पनि प्रशासनले रोक लगाएको छ । शैक्षिक संस्थाहरू, प्रशिक्षण केन्द्रहरू, भाषा कक्षा, ट्युसन सेन्टर लगायतका जमघट हुने गतिविधिहरू सञ्चालन गर्न तथा होटल, रेष्टुरेन्ट सञ्चालन गर्न नपाइने निर्णय गरिएको छ।

कुनै पनि भेला, भिडभाड जम्मा हुन, मानिसहर भेला, जात्रा सञ्चालन गर्न, महोत्सव वा सभा जुलुस गर्न पनि निषेध गरिएको छ । सबै प्रकारका सभा, पार्टी प्यालेस, सिनेमा हल, सेमिनार, तालीम, गोष्ठी, सम्मेलन, सैलुन, मनोरञ्जन स्थल, डिपार्टमेन्टर स्टोर, सपिङ्ग मल, ब्युटिपार्लर र स्विमिङ्ग पुल, स्पा, संग्रहालय, पुस्तकालय, समूहमा खेल्ने खेलकुद, जिमखाना आदि सञ्चालन गर्न नपाइने भएको छ ।
अति आवश्यकीय सामग्रीहरू खाद्यान्न, ग्यास, तरकारी, फलफूल र दूध लगायत दैनिक उपभोग्य वस्तुहरूको सहज आपूर्तिको लागी उद्योग वाणिज्य संघ र व्यापार संगठनले ब्यवस्था मिलाउने र यस्ता वस्तुहरूको कृत्रिम अभाव सृजना गर्ने, मूल्यवृद्धि गर्ने, जम्माखोरी गर्ने वा लुकाउने वा सहज आपूर्तिमा अवरोध गर्नेहरूलाई कार्यवाही गरिने भएको छ ।


प्रकाशित : २०७८ बैशाख १५, बुधबार १२:१९