इजरायलमा पर्व मनाउने क्रममा भागदौड हुँदा ३८ जनाको ज्यान गयो

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ बैशाख १७, काठमाण्डौ
इजरायलमा पर्व मनाउने क्रममा भागदौड हुँदा कम्तीमा ३८ जनाको ज्यान गएको छ ।

माउन्ट मेरोनको फेदीमा हासिडिक यहुदी पर्वका बेला भएको भागदौडमा उनीहरुको ज्यान गएको बीबीसीले जनाएको छ । पर्वमा दशौँ हजार मानिस यहुदी पर्व मनाउन भेला भएका थिए ।

घटनास्थलमा घाइतेहरुको उद्धार र उपचार भइरहेको तर धेरै भीड भएकाले उद्धार कार्यमा कठिनाइ भएको उद्धारकर्मीहरुले बताएका खबरमा उल्लेख छ । वार्षिक रुपमा हुँदै आएको पर्व मेला गएको वर्ष कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण रोकिएको थियो ।

यस वर्ष अत्याधिक भीडभाड रहेकाले कोरोना सङ्क्रमण थप फैलने जोखिम समेत बढेको छ ।

 


प्रकाशित : २०७८ बैशाख १७, शुक्रबार ०१:४४