
सोमबार, वैशाख २०
पछिल्लो २४ घण्टामा विश्वभर साढे ९ हजार कोरोना संक्रमितले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा ३ हजार ४ सय २२ कोरोना संक्रमितको मृत्यु भएको छ । ब्राजिलमा १२ सय १० जना कोलम्बियामा ४ सय ८५, इरानमा ३ सय ९४, रसियामा ३ सय ४२, टर्कीमा ३ सय ४० तथा अमेरिकामा ३ सय ६ जनासहित विश्वभर ९ हजार कोरोना संक्रमितको मृत्यु भएको छ । भारतमा पछिल्लो २४ घण्टामा थप ३ लाख ७० हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन् । अमेरिकामा २९ हजार ५ सय, ब्राजिलमा २८ हजार ९ सय, टर्कीमा २५ हजार ९ सय, तथा इरानमा १८ हजार संक्रमित थपिएका छन् । भारतमा कोरोना संक्रमितको कुल संख्या २ लाख हाराहारीमा पुगेको छ । लगातार कोरोना संक्रमित थपिँदै जाँदा अस्पतालहरुमा अक्सिजनको चरम अभाव भएकाले अक्सिजनले नै बचाउने सकिने कोरोना संक्रमितहरुले पनि ज्यान गुमाइरहेको समाचारहरुमा जनाइएको छ