
युगल बचत तथा ऋण सहकारी संस्था लि.काे आज नवाैँ वार्षिक साधारण सभा सम्पन्न भएकाे छ । मिति २०७८ पाैष १७ गते, शनिबारका दिन सालझण्डीमा विधिवत सम्पन्न कार्यक्रममा सैनामैना नगर प्रमुख चित्र बहादुर कार्की ज्यूकाे प्रमुख आतिथ्यता रहेकाे थियाे ।
सैनामैना १०, सालझण्डीमा रहेर यस युगल बचत तथा ऋण सहकारी संस्था ली. ले छाेटाे समयमा नै पृथक कार्य गरेर सैनामैना नगरमै एक अग्रणी र अनुकरणिय संस्थाकाे रुपमा आफुलाई प्रस्तुत गरेकाे भन्दै नगरपिता कार्कीले बाेल्दै संस्थाले गरेका आर्थीक, सामाजिक र आधुनिक प्रविधिसँगका क्रियाकलापहरुकाे प्रशंसा गर्नुभयाे ।
नवाैँ वार्षिक साधारण सभाकाे सु–अवसरमा संस्थाले जेष्ठ मातापिता सम्मान कार्यक्रम, अपाङ्ग सन्तती सहयाेग एवं सम्मान कार्यक्रम, मेधावी विद्यार्थी पुरस्कार वितरण कार्यक्रम लगायत विभिन्न सामाजिक कार्यक्रम सम्पन्न गरि एक जिम्मेवार सामाजिक संस्थाकाे रूपमा काम गरेकाे छ ।
गरिमामय त्यस सभामा संस्थाका अध्यक्ष श्री गाेविन्द पाेख्रेलकाे अध्यक्षाता रहेकाे थियाे । उल्लेख्य संङ्ख्यामा शेयर सदस्यहरूकाे उपस्थिती रहेकाे सभाकाे कार्यक्रमकाे सञ्चालन संस्थाका सचिव श्री पवन पाेख्रेलले गर्नुभएकाे थियाे । अध्यक्ष पाेख्रेलले बृहत भेलालाई सम्बेधन गर्दै संस्थाले आर्थिक काराेबारलाइ मात्र नभई सामाजिक र आधुनिक प्रविधियुक्त सेवा संस्थाकाे स्थापना कालदेखिनै चाैतर्फी दृष्टिकाेण राखेर प्रदान गरिरहेकाे र भाेलिका दिनहरूमा पनि विज्ञान प्रविधिसँगसँगै अगाडी बढ्ने कुरालाई विस्वस्त पार्नुभयाे । सहकारी संस्था बलियाे भएमा मात्र शेयर सदस्यहरूलाइ सुलभ सहकारी सेवा प्रदान गर्न सकिने भएकाले यस क्षेत्रमा रहेका विभिन्न प्रकृतीका सहकारीहरू एकिकरण गर्नुपर्नेमा जाेड दिनुभएकाे थियाे । यस क्षेत्रमा छरिएर रहेकाे पुँजीलाई एकिकृत गर्न सकेमा मात्र सदस्यहरूलाई आत्मनिर्भर र स्वावलम्भि बनाउन सकिने कुरा गरिमामय भेलामा प्रकाश पार्नुभयाे ।
विभिन्न सांस्कृतिक कार्यक्रमहरू सहितकाे प्रस्तुतीले गर्दा चिसाे मैसमका बाबजुत पनि राेचकपूर्ण भएकाे सहभागीहरूकाे प्रतीकृया थियाे ।