नयाँ दिल्ली ।
भारतका चर्चित संगीतकार र गायकार बप्पी लाहिरीको आज निधन भएको छ । आफ्नो डिस्को बीट्सका लागि परिचित लाहिरीको ६९ वर्षको उमेरमा गएराति मुम्बईको एक अस्पतालमा निधन भएको हो ।
स्वास्थ्यसँग सम्बन्धित विभिन्न समस्याबाट पीडित लाहिरी एक महिनाअघि अस्पतालमा भर्ना भएका थिए । उनलाई सोमबार नै अस्पतालबाट डिस्चार्ज गरिएको थियो ।
तर, मंगलबार उनको स्वास्थ्यमा अकस्मात समस्या देखिएपछि घरमै चिकित्सक बोलाइएको थियो । तत्काल उनलाई अस्पताल पु(याइएको थियो । प्रधानमन्त्री नरेन्द्र मोदी तथा विभिन्न बलिउडका कलाकर्मीले पनि दुःख व्यक्त गरेका छन् । -एजेन्सी


















