लुदस,
सितंगा नगरपालिका १३ का कृष्ण वि.सी लामो समय वैदेशकि रोजगारबाट फर्किएर गाउँमै स्वदेशमै केहि गर्ने सोच बनाए । उनले विदेशबाट फर्किएपछी विभिन्न व्यवसाय गर्ने सोच त बनाए तर उनको शिप र कौशलताले मोवालई मर्मतमा आशा जगायो । आधुनिक युगसँगै हरेकको हात हातमा मोवाईल सेवा अनिवार्य जस्तै बनेपछी उनले यो पेशा अंगालेको बताए । अहिले उनि कपिलवस्तुको बाणगंगा ९ जिनुवामा कृष्ण एण्ड सन्तोष मोवाईल पसलको नामबाट सेवा दिईरहेका छन् । यस पेशा संगै समाज सेवामा पनी समर्पित हुने उनको भनाई छ । २२ वर्षको उमेरमा वैदेशिक यात्रा तय गरेका उनले विदेशको दु ः ख स्वदेशमै गर्ने हो भने यहि सुन फलाउन सकिने बताए ।




















