ताजा अपडेट

रामेछाप दुर्घटना : असई र मतदान अधिकृतको मृत्यु, गम्भीर घाइतेलाई काठमाडौं पठाइयो

कपिलवस्तु १ मा बदलियो जनसर्मथन भाट अगाडी

कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश

होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध

कपिलवस्तु १ मा एमालेको चुनावी सरगर्मी बढ्दो, चौधरीलाई जिताउन मतदाता उत्साहित

इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा

सबैलाई मिलाएर अगाडि जाने तागत कांग्रेसमा मात्र छ ; सभापति गगनकुमार थापा

४४औँ मगर दिवस, बनकसियामा विविध सांस्कतिक कार्यक्रम

मधेशको समृद्धिसंगै देशको प्रगतिका लागि मेरो उम्मेद्वारी : विश्राम प्रसाद चौधरी

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

उद्योग मैत्री वातावरण निर्माणका लागि सरकार गम्भिर छ : गृहमन्त्री खाँण

Lumbini Darpan 3 २०७८ फाल्गुन २८, शनिबार १८:१८
[sharethis-inline-buttons]

भैरहवा, २८ फागुन ।
गृहमन्त्री बालकृष्ण खाँणले अहिलेको सरकार उद्योग व्यवसायमैत्री वातावरण निर्माण, लगानीकर्ताको लगानी सुरक्षा तथा आम नागरिकलाई सुरक्षा दिन गम्भिर रहेको बताएका छन् । उनले सबैको सुरक्षाको लागि सफलता प्रदान गर्न सकियोस् भन्ने इच्छा रहेको बताए ।

रुपन्देही युवा समूहले शनिबार भैरहवामा आयोजना गरेको हिरोज अफ पब्लिक अवार्ड–२०७८ समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले कोभिड–१९ ले अर्थतन्त्रलाई गम्भिर प्रभाव पारेकाले उद्योगधन्दा व्यवसाय सञ्चालनलाई सहजीकरण गर्नुपर्ने बताए । उनले नेपालको आर्थिक गतिलाई लयमा ल्याउन पर्यटन क्षेत्र अन्तर्गत रेष्टुरेण्ट, होटल, भोजनालय, खाजाघरलाई स्थानीय प्रशासनसंग समन्वय गरेर २४ सै घण्टा सञ्चालन गर्ने सरकारले नीति लिएको बताए । उनले भने, ‘पर्यटकीय क्षेत्रमा घडी देखाउने भन्दा पनि व्यवहार देखाउनुपर्छ, अतिथिलाई सेवा सत्कार गर्नुपर्छ ।’

ष्mबनभक
रोजगारीको सिर्जना, अर्थतन्त्र चलायमान भइ राजस्व वृद्धि होला भनेर सामाजिक क्षेत्रमा सरकारले लगानी गरोस् भन्दै सरकारले यस्तो नीति लिएको उनको भनाइ थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको मन्त्रीपरिषद्को बैठकले बैठकले ५० वर्ष भन्दा माथिको उमेर समूहका नागरिकको निःशुल्क रुपमा मिर्गौला, कलेजो, मुटु लगायतका रोगहरुको परीक्षण गर्ने निर्णय गरेको बताए । उनले स्वास्थ्य, सुरक्षा, शिक्षा र कृषि समाजका आधारभूत आवश्यक भएको र निजी क्षेत्रले गरेको प्रयत्नमा सरकारले सहयोगी भूमिका खेल्ने बताए ।

सरकारको ध्यान वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा केन्द्रीत भएको गृहमन्त्री खाँणले बताए । उनले भने, ‘समाजमा भारी परिवर्तन भएको छ, समाज धेरै अगाडी बढेको छ, परिवर्तनलाई रोक्न, छेक्न सकिदैन, यसलाई व्यवस्थित गर्ने हो । ’उनले व्यक्तिगत महत्वकांक्षाले समाजमा द्वन्द्व निम्त्याउने काम गर्न नहुने बताए ।

एमसीसी जनताको हितमा रहेको भन्दै गृहमन्त्री खाँणले एमसीसी प्रस्ताव पारित गराउनका लागि प्रधानमन्त्री शेरबहादर देउवाले ठूलो साहस देखाउनुभएको बताए । उनले भने, ‘प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवा प्रतिपक्षमा बस्दा पनि एमसीसी प्रस्ताव पारित गर्न साथ दिन्छौं भन्नुभएको थियो, अहिले प्रधानमन्त्री पद छाडेर पनि एमसीसी प्रस्ताव पारित गर्नुपर्छ भनेर लाग्नुभएको थियो । ’उनले यो प्रस्तावमा कुनै राष्ट्रघात नभएको दावी गरे । उनले भने, ‘बिजुलीको तारबाट बिजुली आउँछ, सेना आउँदैन, केही व्याख्यात्मक घोषणाका साथ एमसीसी प्रस्ताव पारित भएको छ, एमसीसीमा जे थियो, त्यसैको व्याख्या हो, नेताहरुले त्याग गर्न सक्नुहुन्छ भन्ने यसले स्पष्ट पारेको छ । ’लोकतान्त्रिक शासन व्यवस्थामा शान्तिपूर्ण रुपमा विरोध गर्न पाइने उनको भनाइ थियो ।

नेपालको संविधान गतिशिल भएकाले संविधामा केही कमी भए त्यसलाई संसोधन गर्न सकिने उनले बताए । उनले भने, ‘कुनै पनि बहानामा मुलुकलाई हिंसाको बाटोमा नफर्काऔं । ’नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका नेता खाँणले रुपन्देही युवा समूहले रचनात्मक कार्य गर्दै आएको बताए ।

लुम्बिनी प्रदेश सरकारका शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्री वसिउद्दीन खान, संविधानसभा सदस्य इस्तियाक अहमद खानल रुपन्देही युवा समूहले राम्रो कार्य गरेको बताए ।

रुपन्देही युवा समूहका अध्यक्ष विशाल गुप्ताको अध्यक्षता तथा दुर्गा गुरुङको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा शिक्षा, सञ्चार, राजनीति, स्वास्थ्य लगायत विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।


प्रकाशित : २०७८ फाल्गुन २८, शनिबार १८:१८

Lumbini Darpan 3

लेखकबाट थप

  • रुसको कामचत्कामा ७.८ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी
  • दाउन्नेमा सडक हिलाम्मे, सयौं यात्रु अलपत्र
  • लुम्बिनी प्रदेशसभाको चालु अधिवेशन अन्त्य
  • सर्वोच्च अदालतमा त्रिपालमुनी मुद्दा सुनुवाई
  • राजनीतिक दल र दलले गरेको योगदान मेट्ने दुष्प्रयास भयो- प्रकाशमान सिंह
प्रतिक्रिया

यो पनि पढौँ

रामेछाप दुर्घटना : असई र मतदान अधिकृतको मृत्यु, गम्भीर घाइतेलाई काठमाडौं पठाइयो

कपिलवस्तु १ मा बदलियो जनसर्मथन भाट अगाडी

कपिलवस्तु १ मा एमालेको चुनावी सरगर्मी बढ्दो, चौधरीलाई जिताउन मतदाता उत्साहित

इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा

सबैलाई मिलाएर अगाडि जाने तागत कांग्रेसमा मात्र छ ; सभापति गगनकुमार थापा

४४औँ मगर दिवस, बनकसियामा विविध सांस्कतिक कार्यक्रम

मधेशको समृद्धिसंगै देशको प्रगतिका लागि मेरो उम्मेद्वारी : विश्राम प्रसाद चौधरी

कपिलवस्तुमा जनप्रतिनिधिहरु आचारसंहिता विपरित खुलेयाम चुनावी प्रचारप्रसारमा

गिलासमा मत हाल्दा गर्व लाग्छ : शिवकला

उपचारका लागि आर्थिक सहयोग गरिदिन साम्बाको अपिल

स्वास्थ्यकर्मीलाई चुनावमा नखटाउन आग्रह

क्षेत्र नं १ मा विकासको एजेण्डा अघि सार्दै चौधरीको मतदातासँग अपिल

भर्खरै

  • रामेछाप दुर्घटना : असई र मतदान अधिकृतको मृत्यु, गम्भीर घाइतेलाई काठमाडौं पठाइयो

  • कपिलवस्तु १ मा बदलियो जनसर्मथन भाट अगाडी

  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश

  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध

  • कपिलवस्तु १ मा एमालेको चुनावी सरगर्मी बढ्दो, चौधरीलाई जिताउन मतदाता उत्साहित

  • इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा

  • सबैलाई मिलाएर अगाडि जाने तागत कांग्रेसमा मात्र छ ; सभापति गगनकुमार थापा

  • ४४औँ मगर दिवस, बनकसियामा विविध सांस्कतिक कार्यक्रम

  • मधेशको समृद्धिसंगै देशको प्रगतिका लागि मेरो उम्मेद्वारी : विश्राम प्रसाद चौधरी

  • कपिलवस्तुमा जनप्रतिनिधिहरु आचारसंहिता विपरित खुलेयाम चुनावी प्रचारप्रसारमा


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech