ताजा अपडेट

जन्मदिनलाई सेवामा रूपान्तरण: बालगृहका बालबालिकासँग खुशी साट्दै रुपक

सर्वोच्चले दियो नेपाली कांग्रेसमा गगन थापा नेतृत्वलाई आधिकारिकता

बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न

लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता

४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज

रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर

ओली र लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

सुरक्षाकर्मीको गोली लागेर घाइते यादवको मृत्यु

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

१२ औं कपिलवस्तु महोत्सवको तयारी अन्तिम चरणमाः कृषि, उद्योग र पर्यटन प्रवद्र्धनमा जोड

Lumbini Darpan 2 २०७८ चैत्र १, मंगलवार १७:३८
[sharethis-inline-buttons]

लुदअ, कपिलवस्तु
कपिलवस्तु उद्योग बाणिज्य संघको आयोजनामा हुन गईरहेको १२औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औधोगिक प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको छ । ‘सक्षम व्यवसायी समृद्ध राष्ट्र र स्वाधिन अर्थतन्त्र’ भन्ने मुल नाराका साथ महोत्सव आगामी चैत्र ३ गतेदेखि चैत्र १३ गतेसम्म बाणगंगास्थित बुद्ध रंगशालामा सञ्चालन हुन लागेको हो ।

मंगलबार आज पत्रकार सम्मेलनको आयोजना गरि महोत्सवको करिब ९५ प्रतिशत तयारी पूरा भइसकेको र महोत्सवलाई आकर्षक बनाउन सुन्दरीकरणको काम धमाधाम अघि बढिरहेको कपिलवस्तु उद्योग बाणिज्य संघ वरिष्ठ उपाध्यक्ष तथा महोत्सवका निर्देशक छवि रेस्मी मगरले लुम्बिनी दर्पलाई जानकारी दिनुभयो । महोत्सव स्थलमा गौतम बुद्ध, शिवको मूर्ति र गुम्बा निर्माणको काम सकिएको र बुर्ज खलिफाको स्वरुपमा ढालिएर बनाउन लागिएको मूलगेटको काम पनि अन्तिम चरण रहेको उहाँले बताउनुभयो । यस क्षेत्रको समग्र पहिचान झल्किने गरि महोत्सव स्थलमा पुरातात्विक सम्पदा, धार्मिक, पर्यटकीय स्थलको प्रवर्द्धन गर्ने गरि स्टलहरुको काम गरि सकिएको उहाँले बताए । उहाँका अनुसार महोत्सव स्थलमा २ सय ८० वटा स्टलहरु रहने छन् ।

यस क्षेत्रको उद्योग, व्यापार, पर्यटन, भेषभूषा, कला, संस्कृति, ऐतिहासिक स्थल संरक्षण तथा प्रवद्र्धन गर्न महोत्सव महत्वपूर्ण सावित हुने उहाँको दाबी छ । स्थानीय स्तरमा उत्पादित कृषि उपजहरुलाई महोत्सव स्थलमा प्रदर्शनका लागी निशुल्क स्टलको व्यवस्था मिलाईएको उहाँले बताउनुभयो । कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले महोत्सव कपिलवस्तुको मान, प्रतिष्ठान एवम् शानको रुपमा रहने दाबी गर्नुभएको छ । अध्यक्ष घिमिरेले कोरोना संक्रमणले थलिएको अर्थतन्त्रलाई माथि उठाउन तथा अहिलेको कमजोर आर्थिक अवस्थालाई माथि उठाउन समेत महोत्सव महत्वपूर्ण सावित हुने बताउनुभयो ।

महोत्सवको गृहमन्त्री बालकृष्ण खाँणले दिउँसो साढे २ बजे उद्घाटन गर्ने कार्यक्रम तय भएको अध्यक्ष घिमिरेले जानकारी दिनुभएको छ । महोत्सवमा करिब २ लाख बढी दर्शकले अवलोकन गर्ने आयोजकले दाबी गर्दै आएको छ भने ५ करोड बराबरको कारोबार गर्ने लक्ष्य लिएको छ ।

यस्तै पत्रकारहरुले यस महोत्सव सफल हुदाँ कपिलवस्तुवासी नै सफल हुने भन्दै महोत्सवलाई सव्य र भव्य रुपमा सफल बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

कपिलवस्तु उद्योग बाणिज्य संघको सभाहलमा आयोजित पत्रकार सम्मेलन कार्यक्रम संघका अध्यक्ष डोलकराम घिमिरेको अध्यक्षता, कपिलवस्तु पत्रकार महासंघका अध्यक्ष किरणमान बज्राचार्यको प्रमुख आतिथ्यता, संघका वरिष्ठ उपाध्यक्ष तथा महोत्सवका निर्देशक छवि रेस्मी मगर, संघका निवर्तमान अध्यक्ष उपानाथ पौडेल लगायतका संघका पदाधिकारीको आतिथ्यतामा सम्पन्न कार्यक्रमको संचालन संघका महासचिव मनोज पौडेलले गर्नुभएको थियो ।

 


प्रकाशित : २०७८ चैत्र १, मंगलवार १७:३८

Lumbini Darpan 2

लेखकबाट थप

  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश
  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध
  • कपिलवस्तु १ मा एमालेको चुनावी सरगर्मी बढ्दो, चौधरीलाई जिताउन मतदाता उत्साहित
  • मधेशको समृद्धिसंगै देशको प्रगतिका लागि मेरो उम्मेद्वारी : विश्राम प्रसाद चौधरी
प्रतिक्रिया

यो पनि पढौँ

जन्मदिनलाई सेवामा रूपान्तरण: बालगृहका बालबालिकासँग खुशी साट्दै रुपक

सर्वोच्चले दियो नेपाली कांग्रेसमा गगन थापा नेतृत्वलाई आधिकारिकता

बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न

लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता

४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज

रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर

ओली र लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

सुरक्षाकर्मीको गोली लागेर घाइते यादवको मृत्यु

आशा लघुवित्त बाणगंगाद्धारा विमा रकम हस्तान्तरण

तिलोत्तमामा विद्यालय मर्जर तथा कानुनी छात्रवृत्ति सम्बन्धी प्रतिवेदन हस्तान्तरण

साना किसान मोतिपुरमा स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न

भर्खरै

  • जन्मदिनलाई सेवामा रूपान्तरण: बालगृहका बालबालिकासँग खुशी साट्दै रुपक

  • सर्वोच्चले दियो नेपाली कांग्रेसमा गगन थापा नेतृत्वलाई आधिकारिकता

  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न

  • लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता

  • ४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज

  • रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर

  • ओली र लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय

  • हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

  • सुरक्षाकर्मीको गोली लागेर घाइते यादवको मृत्यु

  • आशा लघुवित्त बाणगंगाद्धारा विमा रकम हस्तान्तरण


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech