लुदअ, तौलिहवा
कपिलवस्तु को महाराजगंन्ज २ स्थित तौलिहवा बहादुरगंन्ज हुलाकि सड्क गैड्हवा नजिक आज विहान रोलरको ठक्करबाट सुपरभाईजरको ज्यान गएको छ ।
हुलाकि सड्कमा सड्क विभागका तर्फबाट सुपरभाईजर रहेका कपिलवस्तु नगरपालिका ४ पण्डितडिहवा का बसन्त कुमार यादवको ज्यान गएको प्रहरीले जनाएको छ । ग २ क ४३३९ नं को रोलरले रोड बनाउने क्रममा ठक्कर दिएको र उपचारको क्रममका ज्यान गएको बताईएको छ ।
मृतकका भाई लोकनाथ यादव ले भाई र सड्क का कर्मचारी विच पहिलेदेखि विवाद रहेको हुदाँ रिसिईविका कारण ज्यान गएको बताएका छन् । मृतका आफन्तहरु अहिले कपिलवस्तु सामुदायिक अस्पताल मा जम्मा भएका छन् ।




















