ताजा अपडेट

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

कपिलवस्तु अस्पताल लुम्बिनी प्रदेशकै उत्कृष्ट

Lumbini Darpan 2 २०७८ चैत्र १०, बिहीबार २१:०२
[sharethis-inline-buttons]

लुदअ तौलिहवा, चैत्र १० गते

जिल्लाको सदरमुकाम तौलिहवास्थित कपिलवस्तु अस्पताल न्यूनतम सेवा मापदण्ड मूल्याङ्कन फलोअप तथा समीक्षामा लुम्बिनी प्रदेशमै उत्कृष्ट बनेको छ । सो अस्पताल कुल ८७ अङ्क प्राप्त गरी प्रदेशमै पहिलो भएको हो । लुम्बिनी प्रदेश अस्पतालहरुको न्युन्तम सेवा मापदण्ड मुल्यांकन फलोअप तथा समिक्षा कार्यक्रममा स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालय स्वास्थ्य निर्देशनालयका प्रतिनिधि तथा बर्दिया अस्पतालका मेसु सुबास पाण्डेयले सो कुरा सार्वजनिक गरेका हुन । उहाँले भन्नुभयो ’चालु आर्थिक वर्षको साउनदेखि पुससम्मको ६ महिनाको अवधिमा प्रदेशका अस्पतालमा आएको नतिजा अनुसार कपिलवस्तु अस्पताल प्रदेशकै उत्कृष्ट बनेको हो ।’ कपिलवस्तु अस्पतालले कुल ९ सय ३९अंक हासिल गरेको उहाँले बताउनुभयो ।

कपिलवस्तु अस्पतालमा पहिले भन्दा धेरै नै सुधार भएको पाण्डेयले बताउनुभयो । अस्पतालमा कन्सलटेन्सी डाक्टरको उपलब्धता, अक्सिजन प्लान्ट, डिजिटल नागरिक बडापत्र सेवाको सन्तुष्टि लागतयका राम्रो कुराहरु देखिएको उहाँको भनाइ छ । सोही अवधिमा बर्दिया अस्पतालले भने ८६ अङ्कसहित दोस्रो भएको उहाँले बताउनुभयो । अस्पताल प्रदेशमै उत्कृष्ट भएकोमा बधाई दिँदै अस्पतालमा भएको राम्रा काम र सेवाहरुको प्रचार गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले बताउनुभयो । अस्पतालमा आईसियु, अक्सिजन प्लान्ट जडान र पिसिआर मेशिनसमेत हुनु निकै सकारात्मक कुरो भएको प्रजिअ पाण्डेले बताउनुभयो । उहाँले भन्नुभयो अस्पतालले बिरामीहरुको बिश्वास जित्ने गरी काम अघि बढाउनु पर्ने बताउनुभयो ।

छ महिनाको अवधिमा २५ हजार बढी बिरामीलाई सेवा दिनु आफैँमा राम्रो काम भएको एचडिका फोकल पर्सन कौलश भण्डारीले बताउनुभयो । उहाँले अस्पतालमा तथ्याङ्कहरुको राम्रो व्यवस्थापनसहित केही कुरा सुधार गरिए कपिलवस्तु अस्पताल देशकै नमुना बन्ने बताउनुभयो । सो अवसरमा अस्पताल विकास समितिका अध्यक्ष शिवलाल यादवले अस्पतालमा प्रतिबद्धताभन्दा पनि राम्रो सेवा दिएर जनताका मन जित्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा कपिलवस्तु अस्पतालका मेसु किशोर बञ्जाडेले सबैको अथक प्रयासपछि अस्पताल प्रदेशमै पहिलो बन्न सफल भएको भन्दै खुशी व्यक्त गर्नुभयो । अस्पतालमा रहेका सेवा सुविधा र प्रगति विवरण सार्वजनिक गर्दै बजेट अभावले कर्मचारी व्यवस्थापनमा भने समस्या आएको उहाँले बताउनुभयो । विगत वर्षमा जस्तै सङ्घ र प्रदेश सरकारबाट बजेट उपलब्ध हुन नसकेकोले कर्मचारीलाई तलब खुवाउन गाह्रो परेको मेसु बञ्जाडेले बताउनुभयो । सो अवसरमा राम्रो काम गरेको भन्दै अस्पतालकी अनमी सुकमाया थापालाई नगद १० हजार र प्रशंसापत्रले सम्मानित गरिएको थियो ।


प्रकाशित : २०७८ चैत्र १०, बिहीबार २१:०२

Lumbini Darpan 2

लेखकबाट थप

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने
  • शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु
  • प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण
  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण
  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
प्रतिक्रिया

यो पनि पढौँ

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु

निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा मापदण्ड लागू

लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति

वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत

प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग

वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस

हराएका पूर्वमेयर किरण सिंह जंगलमा मृत फेला, घटना शंकास्पद

भर्खरै

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

  • प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

  • कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

  • लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

  • शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु

  • लक्ष्मणघाट बोलबमधाममा श्रावणी मेला, भक्तजनको घुइँचो


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech