ताजा अपडेट

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

लुम्बिनीमा एक वर्षमा सय ४११ वटा बलात्कार घट्ना, आधा बढी पीडित १८ वर्ष मुनिका

Lumbini Darpan 2 २०७९ बैशाख ७, बुधबार ७:११

लुदअ, कपिलवस्तु
गत २०७८ साल वैशाख १ गते देखि चैत्र मसान्तसम्म एक वर्षको अवधिमा लुम्बिनी प्रदेशका १२ वटा जिल्ला प्रहरी कार्यालयहरूमा कूल ४११ वटा बलात्कार घटनाका उजुरी परेको तथ्याङ्क प्राप्त भएको छ । प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक केदार रजौरेले उपलब्ध गराएको विवरण अनुसार त्यस अवधिमा बाँकेमा ६३ वटा बलात्कार घटनाका उजुरी परेका छन् । त्यस्तै बर्दियामा ५७ वटा, दाङमा ८३ वटा रोल्पामा १८ वटा, प्युठानमा २० वटा, रुकुम पूर्वमा ४ वटा, कपिलवस्तुमा ३८ वटा, रुपन्देहीमा ६८ वटा, नवलपरासी पश्चिममा १९ वटा, पाल्पामा २१ वटा, गुल्मीमा १३ वटा र अर्घाखाँचीमा ७ वटा बलात्कार घटनाका उजुरी परेका हुन् ।

बलात्कृत हुनेहरूमा १६ वर्ष मुनिका १७३ जना बालिका रहेका छन् । १६ देखि १८ वर्ष मुनिका ९० जना रहेका छन् । १८ देखि २५ वर्षमुनिका ७२ जना रहेका छन् । २६ देखि ३५ वर्षका ३६ जना रहेका छन् । २६ देखि ४५ वर्षका २५ जना रहेका छन् । ४६ देखि ६० वर्ष मुनिका १३ जना र ६० वर्षदेखि माथिका २ जना महिला बलात्कृत भएका छन् ।

सबैभन्दा कम उमेरकी ३ वर्षीया बालिका बर्दियामा एक जना र पाल्पामा एक जना गरी दुई जना बालिका यौन हिंसाको शिकार भएको प्रहरी उपरीक्षक रजौरेले जानकारी दिए । १० मङ्सिर २०७८ मा वाणगंगा नगरपालिका–१० सोनापुरस्थित ६० वर्षीया यशोदा लोनियालाई देवर पर्ने शम्भु लोनियाले हत्या गरेका थिए । भाउजूले पहिलो पटक शारीरिक सम्पर्क राख्न दिएको र दोस्रो पटक नमाने पछि गला दबाएर हत्या गरेका ४० वर्षीय लोनियाले ५ फागुनमा पक्राउ पछि स्वीकार गरे ।

१ असार २०७८ मा कपिलवस्तुको वाणगंगा नगरपालिका –८ वोर्डगाउँकी २४ वर्षीया सुस्मिता थापा हेटौँडा नगरपालिका–४ सूर्यचोकस्थित घरमा बीभत्स हत्या गरिएको अवस्थामा फेला परिन् । ससुरा थापा, सासू तुल्सा थापा, नन्द सीता थापा र आमाजू दुर्गा थापा हत्या घटनामा संलग्न रहेको भन्दै प्रहरीले सार्वजनिक गरेको थियो । श्रीमान्को मृत्यु पश्चात् ४० लाखभन्दा बढी रकम सुस्मितालाई पाउन बाट वञ्चित गर्न समेत हत्या गरिएको कुरा प्रहरीले खुलाएको थियो ।


प्रकाशित : २०७९ बैशाख ७, बुधबार ७:११

Lumbini Darpan 2

लेखकबाट थप

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा
  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा
  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित
  • विद्यालयका समस्या पहिचान गर्न वडा स्तरिय युवा क्लवकाे छलफल, विद्यार्थीलाई चित्रकला प्रशिक्षण
  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि
प्रतिक्रिया

यो पनि पढौँ

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

भर्खरै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

  • परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech