ताजा अपडेट

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

कपिलवस्तुका १० वटै स्थानीय तहमा विभिन्न दलले गरे मनोनयन दर्ता, यी हुन् उम्मेद्वार

Lumbini Darpan 2 २०७९ बैशाख १३, मंगलवार ०७:३८
[sharethis-inline-buttons]

लुदअ, कपिलवस्तु
बैशाख ३० का लागि तय भएको स्थानीय तह निर्वाचनका लागि कपिलवस्तुमा आइतबार र सोमबार उम्मेद्धारहरुले आफ्नो नाम दर्ता गराएका छन् । निर्वाचन कार्यालयले जिल्लाका दशवटै पालिकाका केन्द्रहरुमा स्थापना गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा तामझामका साथ उम्मेद्धारी दर्ताका लागि पुगेका राजनितिक दल तथा स्वतन्त्र उम्मेद्धारहरुले आज साँझ पाँच बजे सम्म आफ्नो उम्मेद्धारी दर्ता गराएका हुन ।

कपिलवस्तुमा मख्य राजनितिक दलहरु नेकपा एमाले, नेपाली कांग्रेस माओवादी केन्द्र, जनता समाजवादी पार्टी जसपा, नेकपा एकिकृत समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टी सहित लोकतान्त्रिक समाजवादी पार्टी लगाएतका २१ दल आगामी निर्वाचनमा जाने गरी दर्ता भएका थिए भने स्वतन्त्र उम्मेद्धारी दिनेहरुको संख्या पनि ठूलो रहेको छ ।

कपिलवस्तुमा राजनितिको केन्द्र मानिएको बाणगंगा नगरपालिकामा विभिन्न राजनितिक दलहरु सहित स्वतन्त्र उम्मेद्धारहरुले आज मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कपिलवस्तुमा नेकपा एमालेले जिल्लाका १० वटै स्थानिय तहमा पार्टीको तर्फबाट उम्मेद्वारी दर्ता गरेको जनाएको छ । नेकपा(एमालेबाट जिल्लाको बाणगंगा नगरपालिकाको नगर प्रमुखमा चक्रपाणी अर्याल, उपप्रमुखमा रिता थारुले उम्मेद्धारी दर्ता गराउनुभएको छ । यस्तै कपिलवस्तु नगरपालिकाको नगर प्रमुखमामा डा.राजेश कुमार गुप्ता र उपप्रमुखमा तुल्सादेवी पाण्डे, बुद्धभूमि नगरपालिकाको प्रमुखमा पिताम्बर खनाल र उपप्रमुखमा मञ्जु थारु, शिवराज नगरपालिकाको नगर प्रमुखमा महादेव पोख्रेल र उपप्रमुखमा शिव कुमारी थारुले उम्मेद्धारी दर्ता गराउनुभएको छ । यस्तै कृष्णनगर नगरपालिकाको नगर प्रमुखमा कुनाल प्रताप शाह र उपप्रमुखमा विम्लेश मौया, महाराजगञ्ज नगरपालिकाको नगर प्रमुखमामा रामदास चौधरी र उपप्रमुखमा धानमति यादवको उम्मेद्धारी दर्ता भएको छ ।

यस्तै गाउँपालिका तर्फ एमालेबाट कपिलवस्तुको विजयनगरमा अध्यक्षका लागि गोपाल बहादुर थापा र उपाध्यक्षमा लक्ष्मी थारु, शुद्धोधन गाउँपालिकाको अध्यक्षमा बिनोद चौधरी, उपाध्यक्षमा जलिमुन्निसा मुसलमान, मायादेवी गाउँपालिकाको अध्यक्षमा जगरनाथ कुर्मी , उपाध्यक्षमा भिमा कमारी पासी, यशोधरा गाउँपालिकाको अध्यक्षमा शिवराज तिवारी र उपाध्यक्षमा गुुन्जा मौर्याको उम्मेद्वारी मनोनयन दर्ता गरिएको एमाले कपिलवस्तुले जनाएको छ । त्यस्तै जिल्लाका १० वटै स्थानिय तहका वडा अध्यक्ष तथा वडा सदस्यमा समेत उम्मेद्वारी दर्ता गरिएको एमाले जिल्ला प्रचार विभागले जनाएको छ ।

यसैबिच उता सत्तारुढ दल नेपाली कांग्रेसका तर्पmबाट बाणगंगामा मेयर पदका लागि रबिराज आचार्य र उपमेयरका लागि तारावती चौधरीको उम्मेद्धारी परेको छ भने बुद्धभुमि नगरपालिकामा मयर पदमा केशव कुमार श्रेष्ठ र उपमेयरमा मिरा थारु, कपिलवस्तु नगरपालिकामा मेयरमा किरण सिँहको उम्मेद्धारी परेको छ भने उपमेयर मा नसिंम खातुन रहेको नेपाली कांग्रेसले जनाएको छ । यस्तै शिवराज हुमाकान्त खनाल मयेर र उपमेयरमा शारदा कार्की, कृष्णनगरमा मेयरका लागि रजतप्रताप शाहको उम्मेद्धारी दर्ता भएको छ भने गाउँपालिका तर्फ विजयनगरमा रसिद मुसलमान अध्यक्ष र उपाध्यक्षमा निसा थारु, यशोधरामा अध्यक्षका लागि अनुप पाण्डेय र उपाध्यक्षमा बृन्दावती यादवको उम्मेद्धारी परेको छ ।

यस्तै मायादेवी गाउँपालिका अध्यक्षका लागि कांग्रेसबाट ओली उद्धिन र उपाध्यक्षमा सरस्वती यादवको उम्मेद्धारी दर्ता भएको छ भने शुद्धोधन गाउँपालिकामा अध्यक्षका लागि रामनयन यादव र उपाध्यक्षका लागि शुधादेवी पाण्डेयको उम्मेद्धारी परेको जनाइएको छ । यस बाहेक दलहरुमा बिद्रोह गर्दै विभिन्न नेता तथा कार्यक्रताहरुले बाघी उम्मेद्धारी पनि दर्ता गराएका छन् ।

यता कपिलवस्तुको बाणगंगामा कांग्रेस र एमाले एक्ला एक्लै निर्वाचनमा जाने गरी उम्मेद्धारी दिएका छन भने माओवादी केन्द्र, जसपा नेपाल, नेकपा एकिकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको चार दलीय मोर्चा चुनावी मैदानमा होमिएको छ । चारदलीय मोर्चाका तर्फबाट बाणगंगाको मयर पदमा माओवादी केन्द्रका नेता देवराज अर्यालले उम्मेद्धारी दर्ता गराउनुभएको छ भने उप मेयरमा नेकपा एकिकृत समाजवादीका कमल भट्टराईको उम्मेद्धारी दर्ता भएको माओवादी केन्द्रका नेता लेखनाथ पौडेलले जानकारी दिनुभयो ।

यसैबिच नेकपा एमाले बाणगंगा ९ का प्रभावशाली नेता कुमार मधु बेल्वासेले चारदलीय मोर्चाका तर्फबाट वडा अध्यक्ष पदमा आफ्नो उम्मेद्धारी दर्ता गराउनुभएको बताइएको छ । यस्तै बाणगंगाका अन्य वडामा पनि एमालेका पुराना नेताहरुले बाघी उम्मेद्धारी दिएको बताएको छ भने कतिपयले पार्टी परित्याग गरी अन्य दलबाट उम्मेद्धारी दर्ता गराएका छन् ।

यस्तै शिवराज नगरपालिकामा नेकपा (माओवादि केन्द्र) र नेकपा एकीकृत समाजबादी बिच चुनावी गठबन्धन गरि जाने निर्णय भएको छ । एकीकृत समाजबादीको तर्फबाट केन्द्रिय सदस्य क्षेत्र बहादुर खत्री मेयर पदमा र उपमेयर पदमा माओवादी केन्द्र लुम्बिनी प्रदेस सदस्य दोर्ण बहादुर पुनले उम्मेदवारी दिने गरि चुनावी तालमेल भएको छ ।

यता बाणगंगा नगरपालिकामा सोमवार साँझ ६ः ३० सम्मको तथ्याङ्क अनुसार १२७ जनाको उम्मेद्धारी दर्ता भएको मुख्य निर्वाचन अधिकृत टेकराज अर्यालले जानकारी दिनुभएको छ ।


प्रकाशित : २०७९ बैशाख १३, मंगलवार ०७:३८

Lumbini Darpan 2

लेखकबाट थप

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने
  • शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु
  • प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण
  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण
  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
प्रतिक्रिया

यो पनि पढौँ

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु

निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा मापदण्ड लागू

लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति

वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत

प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग

वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस

भर्खरै

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

  • प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

  • कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

  • लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

  • शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech