‘उनी चर्चामा आउन चाहेनन्, तर वडा नं. ८ मा गौरवपूर्ण यी काम गरे’

[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
११ वटा वडा रहेको कपिलवस्तुको बाणगंगा नगरपालिकाका एक जनप्रतिनिधि गुणानिधि भुसाल । बाणगंगाको वडा नम्बर ८ मा २०७४ सालको स्थानीय तहको निर्वाचनमा वडाध्यक्षको रुपमा निर्वाचित भइसके पछि उहाँले गरेको विकास निर्माणका काम र प्रगतिले सबैलाई लोभ्याउँछ । शिक्षा, स्वास्थ्य, खेलकुद, सडक, पूर्वाधार, खानेपानी, कृषि, सीपमुलक तालिम, ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको संरक्षण तथा प्रवद्र्धन आदि क्षेत्रमा उहाँले उल्लेख्य गरेका छन् ।

अक्सर धेरै जनप्रतिनिधि स–साना काम र तालिम, सेमिनार र कार्यक्रममा केन्द्रित हुँदा भुुसालले भने लक्षित बर्गका कार्यक्रमसंगै अन्य धेरै गौरवपूर्ण काम गर्नुभएको छ । उहाँकै पहलमा वडाले संघ र प्रदेशका करोडौँका आयोजनाहरु पनि पाएको छ ।

स्थानीय सरकार आएपछि वडामा भएको प्रगति देखेर वडाबासी दंग छन् । नेकपा एमालेबाट स्थानीय सरकारको प्रतिनिध बन्नुभएका भुसाल शालिन, धेरै नबोल्ने, भद्र स्वभावका हुनुहुन्छ । उहाँ न विवादमा आउने गर्नुहुन्छ न अनावश्यक प्रचारमा रमाउँनुहुन्छ । खुरखुरु जनताको सेवामा तल्लिन वडाध्यक्ष भुसालको पहलमा वडामा र्निविरोध रुपमा भएका कामहरुको बिषयमा कहिले न त विवाद भयो न त अधुरै रह्यो !

वडाध्यक्ष भुसालका ५ बर्षे कार्यकालमा भएका उत्कृष्ट कार्यहरुको बारेमा चर्चा गरौँ ।

१) ४० बर्ष नबनेको पुल वडाध्यक्ष भुसालकै पालिामा कोइली पुल सम्पन्न भयो ।

२) मोर्मीमा पक्की बाटो कतै थिएनन्, बाटोमा हिलो धुलो मात्रै थियो तर हाम्रै पालामा मुल सडक अवरोधका बाबजुद करिब सम्पन गरियो ।

३) किसानको समस्यालाई मुल मन्त्र बनाइयो सयौं मिटर कुलो बांध सांचा पक्की गराइयो ।

४) शिक्षा क्षेत्रमा आमूल परिवर्तन भएको छ सबै बिद्यालय पक्की भवन निर्माण भए गुणस्तर वृद्धि भयो । बन्दै हुन लागेका बिद्यालयलाई जुरुक्क उठाईयो ।

५) वडा, प्रदेश र संघीय सरकारको विशेष पहलमा बाणगङ्गा मावि र बाणगङ्गा बहुमुखी क्याम्पस नमुना बनेका छन् ।

६) बोडगाउ–बन्डौली–मोर्मी–जिनुवा सडक प्रदेश स्तरको सडकको रुपमा स्तरोन्नति भएको छ ।

७) बाणगङ्गा पुल्चोक देखि धाम सम्मको १६ मिटर नमुना बाटो ट्रयाक खोलिएको छ । शान्ती बगैँचा बोटानिकल गार्डेन, गौशाला ब्यवस्थापन जस्ता दीर्घकालीन योजना सुरु गरिएको छ ।

८) प्रदेशमै प्रभाव पार्ने नगरका प्रमुख आयोजनाको रुपमा शान्तीकुञ्ज मधुबन धाम, मायादेबी रंगशाला, बाणगङ्गा आयुर्वेद केन्द्र र धनेशपुर बैकठपुर पार्कको गुरुयोजना तयार भएका छन् । अबको नेतृत्वले योजना सोच्नै पर्दैन कार्यान्वयन गरे पुग्छ ।

९) यस वडामा सञ्चालन भयका आयुर्वेद केन्द्र र स्वास्थ चौकी अध्ययन तथा सिकाई केन्द्रका रुपमा स्थापित भएका छन् ।

१०) बाणगंगा नगरपालिका वडा नं. ८ को कार्यालय भौतिक रुपमा सुन्दर र ब्यवस्थित मात्र छैन, नगरकै नमुना कार्यक्रमको रुपमा सु–सञ्चालन गरिएको छ ।

११) यस अवधिमा ९ किलोमीटर बाटो कालोपत्रे, १५ किलोमीटर बाटो ग्राभेल,१८ किलोमीटर बाटो स्तरोन्नति गरियो । ५ वटा सामुदायिक भवन निर्माण तथा मर्मत गरियो । १५ सय मिटर बढी कुलो नाला निर्माण सप्पन्न गरियो । कल्भर्ट नाला घोला पुल पुलेसा सम्पन्न गरियो ।

१२) कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ८ नगरमै सामाजिक मेलमिलाप तथा सु–शासन अब्बल रहेको छ ।


प्रकाशित : २०७९ बैशाख २६, सोमबार २१:३८