लुदअ बैशाख ३०, काठमाण्डौ
पालिका चुनावको लागि देशभर उत्साहजनक रुपमा मतदान भैरहेको छ ।
सबै मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान सुरु भएको हो । मतदानमा मतदाताको उत्साहजनक सहभागिता छ । चुनावलाई मौसमले पनि साथ दिएको छ । दिउँसोसम्म कतै पनि पानी पर्ने सम्भावना नरहेको मौसमविद वरुण पौडेलले बताउनुभयो ।




















