लुदअ, काठमाडौं
काठमाडौं महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले अग्रता फराकिलो बनाउँदै लगेका छन्।
अहिले विहान ६ बजेसम्म ४ हजार ४ सय ४४ मत गनि सक्दा बालेनले १५ सय ७५ मत प्राप्त गरेका छन्। त्यसैगरी दोस्रो स्थानमा रहेका एमालेका केशव स्थापितले ९ सय ८५ मत पाएका छन्। कांग्रेसकी सिर्जना सिंहले ८ सय २५ मत ल्याएकी छन्।
उपमेयरमा एमालेकी सुनिता डंगोल १७ सय ४३ मतसहित अगाडि छन्। सत्तारुढ गठबनन्धनबाट नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ५ सय १६ मत प्राप्त गरेका छन्।




















