जेष्ठ १८ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा थप १५ जनामा कोरोना भाईरस सङ्क्रमण पुष्टि भएको छ । पिसीआर र एन्टिजेन विधीबाट कुल ४ हजार ८ सय ४२ जनामा गरीएको परीक्षणमा थप १५ जनामा कोरोना भाईरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार आज ११ जना सङ्क्रमणमुक्त भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ९८ पुगेको मन्त्रालयले पुष्टि गरेको छ । पछिल्लो २४ घण्टामा ३ लाख ३ हजार ७ सय ५७ जनाले कोरोना विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताए ।


















