हरि आचार्य, कपिलवस्तु
आज विश्व वातावरण दिवस, हरेक वर्षको जुन ५ तारिखमा मनाईने विश्व वातावरण दिवस ज्ञानपुञ्ज बोर्डिङ्ग स्कुलले भब्य रुपमा मनाएको छ । कपिलवस्तुको बाणगंगा २ राजपुरमा अवस्थित विद्यार्थीलाई अतिरिक्त क्रियाकलापसंगै गुणस्तरीय शिक्षा प्रदान गर्दै आईरहेको अन्तराष्ट्रिय स्कुल अवार्ड प्राप्त उक्त विद्यालयले वातावरण दिवस विभिन्न कार्यक्रम गरि मनाएको विद्यालयका प्रिन्सिपल सुरेन्द्र पाण्डेले जानकारी दिनुभयो ।
वातावरण दिवसको अवसरमा ‘पृथ्वीको संरक्षण : दीगो प्रकृतिमैत्री जीवनयापन’ भन्ने मूल नाराका साथ ज्ञानपुञ्ज बोर्डिङ्ग स्कुलले सरसफाई, वृक्षरोपण तथा सचेतना कार्यक्रम गरेको हो ।
विद्यालयका अध्यक्ष पदमलाल अधिकारी, प्रबन्ध निर्देशक रोमकान्त घिमिरे, प्रिन्सिपल सुरेन्द्र पाण्डे, सहायक प्रिन्सिपल महेशराज पन्त, सम्पुर्ण शिक्षक, शिक्षिका, तथा विद्यार्थीहरुको संलग्नतामा विद्यालय परिसरमा सरसफाई, वृक्षरोपण तथा सचेतना कार्यक्रम गरिएको हो ।
विद्यालय परिसरभित्र धुपि सल्ला, अशोक, निम, स्वामी, कल्फी गरि ५५ बढी विरुवाहरु वृक्षरोपण गरिएको विद्यालयले जनाएको छ ।
सरसफाईसंगै वातावरणीय सन्तुलन राख्नका लागि विद्यार्थीहरुलाई सचेतना प्रदान गरिएको थियो ।
वातावरणप्रति विश्वमा सचेतना जगाउने उद्देश्यअनुसार संयुक्त राष्ट्र सङ्घको आह्वानमा सन् १९७३ देखि यो दिवस मनाउन थालिएको हो ।
तस्बिरहरु :



























