ताजा अपडेट

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

नेपाली मुद्रा इतिहासकै कमजोर, आर्थिक व्यवस्थापनमा चुनौती

Lumbini Darpan 2 २०७९ जेष्ठ ३१, मंगलवार १४:५३
[sharethis-inline-buttons]

लुदअ ३१ जेठ, काठमाडौं
डलरको तुलनामा नेपाली मुद्रा इतिहासकै कमजोर बिन्दुमा पुगेको छ । अमेरिकी डलरको मूल्य अधिमूल्यन भएर नेपाली रुपैयाँ इतिहासकै कमजोर अवस्थामा पुगेको हो ।

मंगलबार नेपाल राष्ट्र बैंकले प्रतिडलरको बिक्री मूल्य १२५.१६ रुपैयाँ तोकेको छ । यसअघि नयाँ रेकर्ड कायम गरेर शनिबारदेखि सोमबारसम्म प्रति डलरको बिक्री दर १२४.८४ रुपैयाँमा अडिएको थियो । मंगलबार थप मूल्य बढेर बिक्री दर १२५ रुपैयाँ माथि पुगेको हो ।

मंगलबार डलरको खरिद दर १२४ रुपैयाँ ५६ पैसा थियो भने शनिबारदखि मंगलबारसम्म १२४.२४ रुपैयाँ थियो । मंगलबार इतिहासमै पलिहोपटक डलरको मूल्यको १२५ रुपैयाँ नाघेको हो ।

के छ लाभ र हानी

अर्थविद् तथा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापासँग गरिएको कुराकानीको सम्पादित अंश
सैद्धान्तिक रुपमा विदेशी मुद्राको माग र आपूर्तिका आधारमा विनिमयददर निर्धारण हुन्छ । तर, यो किताबी कुरा नेपालमा लागू हुँदैन । नेपाली मुद्रा बलियो र कमजोर हुने कुरा आर्थिक सिद्धान्तबाट निर्देशित छैन ।

भारतीय रुपैयाँको स्थिति के छ र उसको विदेशी मुद्रासँगको विनिमय दर के हुन्छ भन्नेमा नेपालको विदेशी मुद्राको विनियमदर आधारित छ । भारतीय रुपैयाँसँग विनियम दर स्थिर भएपनि अरुका हकमा भारतीय रुपैयाँको अरु मुद्रासँगको अवस्थाबाट नेपाली मुद्राको विनिमय दर तोकिन्छ ।

हाम्रो विनियमदर तोक्ने पद्धति भारतीय मुद्रा र भारतीय अर्थतन्त्रमाथि निर्भर छ । भारतीय मुद्रासँग हाम्रो विनिमयदर स्थिर ९१।६० रुपैयाँ० छ । भारुसँग अरु मुद्राको अवस्थाले हामीले हाम्रो विनियमदर तय हुने व्यवस्था गरेका छौं ।

सिद्धान्ततः डलरको मूल्य बढ्नुको सकारात्मक र नकारात्मक दुवै प्रभाव हुन्छन् । निर्यात गर्नेहरुलाई यसले राम्रो मूल्य पाउने अवस्था बन्छ । विदेशी मुद्राको भाउ बढ्दा त्यसले पर्यटनमार्फत् हुने आम्दानी पनि बढ्छ ।

रेमिट्यान्सलाई पनि डलरको मूल्य बढ्दा सकारात्मक प्रभाव पर्छ । अहिले डलरको मूल्य बढिरहेकाले नै रेमिट्यान्स बढ्न सघाइरहेको छ । वैदेशिक रोजगारीमा गएका नेपालीलाई पनि यसले फाइदा पुग्ने हुन्छ । कैयौंले विदेशमा कमाएको पैसा विदेशी मुद्रामा नेपाल पठाउँछन् । उनीहरुको हकमा डलरको भाउ बढ्दा नेपाल पठाउने पैसाको परिमाण बढ्न सक्छ

सिद्धान्ततः यसले आयालाई पनि निरुत्साहित गर्छ । आयात महँगो हुने कारणले नभएपनि हुने खालको र महगा वस्तुको आयात कम हुन्छ । डलरको मूल्यले आयात घटाउन सघाउँछ । सैद्धान्तिक रुपमा व्यापार घाटा न्यूनीकरणमा सघाउन सक्छ ।

यसको नकारात्मक पक्ष पनि छन् । नेपालमा अर्थतन्त्र आयातमा आधारित भएकाले आयातमार्फ महँगीरमुद्रास्फीति बढ्छ । नेपालले आयात गर्ने पेट्रोलियम पदार्थको मूल्य पनि बढ्छ । तेलको मूल्यमा प्रतिकुल असर पर्छ । मूल्य बढाएन भने आयाल निगमको घाटा बढ्छ । जहाँ पनि प्रयोग हुने तेलको मूल्य बढ्दा माहोल नै बिगार्छ । यातायात र ढुवानीको भाडा बढ्छ । उद्योग क्षेत्रको पनि लागत बढ्छ । नेपालको आयातमा आधरित अर्थतन्त्र भएकाले यसले तुलनात्मक लाभ खत्तम पार्छ ।

डलरको मूलय बढ्दा आयातलाई नियन्त्रण हुन्छ भन्ने सिद्धान्त भएपनि हाम्रो आयात अधिकतम् रुपमा अतिआवश्यक हो । अतिआवश्यक वस्तुअरु नै बढी आउने भएकाले खासै आयात घट्दैन । उल्टै व्यापार घाटा बढ्न पुग्छ । किनभने आयात महँगो पर्न जान्छ । हाम्रो उत्पादन क्षमता सुधार नभएको हुनाले हामीले डलरको मूल्य बढ्दाको लाभ लिन सक्दैनौं । डलरको अधिमूल्यनले अर्थतन्त्रमा संकटको अवस्था पनि ल्याउन सक्छ ।

नेपालको अर्थतन्त्रमा संकट आउनुको कारणमध्ये विनिमयदरको तलमाथि पनि एउटा कारण हो । यसले नेपालमा पूँजी नआउने र विदेशमै रोकिने हुन्छ । डलरको भाउ बढ्नुको मतलब डलर बलियो र नेपाली मुद कमजोर हुनु हो ।

जहाँ डलर बलियो हुन्छ, त्यहीँ लगानी ढब्छ । देशमा आउने सक्ने लगानी घट्ने र उल्टै विदशेमा पूँजी पलायन हुने सम्भावना हुन्छ । यसले विदेशी मुद्राको स्रोतमा थप दबाव पर्ने अवस्था आउनसक्छ ।

अर्थतन्त्रमको क्षमता नबढ्दा सम्म विदेशी मुद्राक बलिया हँदाको लाभ प्राप्त गर्न हामीले सक्दैनौं । हामीले पर्याप्त उत्पादन विदेश निर्यात गर्नसक्ने अवस्था हुन्थ्यो भने डलरको बलियो हुँदा हामीलाई लाभ धेरै हुन्थ्यो । त्यैले समष्टिगत आर्थिक व्यवस्थापनमा चुनौती थप्छ ।


प्रकाशित : २०७९ जेष्ठ ३१, मंगलवार १४:५३

Lumbini Darpan 2

लेखकबाट थप

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने
  • शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु
  • प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण
  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण
  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
प्रतिक्रिया

यो पनि पढौँ

बुद्धभूमिबाटै कर सेवा, अब कृष्णनगर–तौलिहवा धाउन नपर्ने

सुनचाँदीको मुल्य बढ्यो

सामान किन्दा सक्कली बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा, १० लाखसम्म जित्ने अवसर

बजेट कार्यान्वयनका लागि अर्थमन्त्री डा. वाग्लेले शुरु गरे सचिवहरूसँग छलफल

इन्धनको मूल्य घटेसँगै बजार मूल्य घटाउन सरकारको आग्रह

बजेटमाथि अमरेशकुमार सिंहको टिप्पणी- ठुलो फुकिएको बेलुन हो, कार्यान्वयन हुँदैन

करका दर चुहावट भएको प्रमाणित भए सार्वजनिक जीवन नै छोड्न तयार छु : अर्थमन्त्री

सुनचाँदीको मूल्य बढ्यो

उद्योग वाणिज्य महासंघको निर्वाचन आज

मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

राष्ट्रिय बाणिज्य बैंकको RBB Foneloan सेवा सहज, एक लाख रुपैयाँसम्मको कर्जा उपभोग सकिने

निर्विरोध नेतृत्वसहित तिलोत्तमा नगर समितिको नयाँ यात्रा सुरु — सभ्य र भव्य अधिवेशनमा गम बहादुर थापाको टिम चयन

भर्खरै

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

  • प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

  • कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

  • लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

  • शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech