असार ७ गते २०७९।तिलोत्तमा नगरपालिका मंगलापुरमा रुखबाट लडेका उनको टाउकोको हड्डीमा गम्भीर चोट लागेर अस्पतालमा छट्पटाइरहेका छन्।तिलोत्तमा नगरपालिका मंगलापुरमा आफ्नो परिवार संगै भाडामा बस्दै आएका १४ बर्षीय रोशन खान अहिले अस्पतालको शैयामा छट्पटाइरहेका छन्। ३५र४० फिट अग्लो रुखबाट लडेका उनको टाउकोको हड्डीमा गम्भीर चोट लागेको छ। सामान्य उपचारले हुन्छ कि भनेर परिवारले मेडिकल कलेज भैरहवा लगेको तर विभिन्न खालका ४र५ वटा अपरेशन गर्नुपर्ने भएकाले खर्च बढ्यो। सामान्य खर्च त परिवारले गर्यो तर खासै आमदानी र सम्पत्ति नभएकोकारण अहिले छोराको उपचारमा परिवार चिन्तित छ।
मणिग्रामको गिर्वाण माविमा कक्षा ७ मा अध्यायन गर्दै आएका रोशन अहिले उपचारको लागि अस्पताल बेडमा रकम अभावको सामना गरिराखेका छन्। केहि दिन भित्रै रकम नजुटे रोशन पहिलाको अवस्थामा आउन नसक्ने परिवारको भनाई छ। परिवारका एक सदस्यले सबैको सहयोग भयो भने रोशनले नयाँ जीवन पाउने र समाजको लागि प्रेरणा दिने काम गर्न सक्ने बताएका छन्। पढाइमा समेत जेहेन्दार मानिएका रोशनलाई बचाउने र नयाँ जीवन दिने हाम्रो पनि कर्तब्य हो आउनुहोस जुटौ उपचारको अभावमा कसैको ज्यान जोखिममा नपरोस हातमा हात मिलाउ। सहयोगको लागि सम्पर्क ः९८२१९८६६६२ अथवा तिलोत्तमा सिटिको कार्यालय नयामिल सम्पर्क ९८५७०७२८५८।


















