ताजा अपडेट

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

शिक्षाको रुपान्तरण सम्बन्धि बहस : कपिलवस्तुमा अनुसन्धान सम्बन्धि राष्ट्रिय सम्मेलन

Lumbini Darpan 2 २०७९ असार १२, आईतवार २०:०८

लुदअ, कपिलवस्तु असार १२
कपिलवस्तुको बाणगंगामा अनुसन्धान सम्बन्धि राष्ट्रिय सम्मलेन सम्पन्न भएको छ । जिल्लाको इतिहासमै पहिलो पटक अनुसन्धान सम्बन्धि राष्ट्रिय स्तरको सम्मेलन सम्पन्न भएको हो । कपिलवस्तुको एक मात्र गुणस्तर प्रमाणित शैक्षिक संस्था सिद्धार्थ क्याम्पस बाणगंगाले विश्व विद्यालय अनुदान आयोगसंगको सहकार्यमा यस्तो सम्मेलन सम्पन्न गरेको हो ।‘शिक्षामा कोभिड–पश्चातका चुनौतीहरु र अनुसन्धान व्यवस्थापन’विषयमा शनिबारदेखि सिद्धार्थ क्याम्पसको सभाहलमा सुरु भएको २ दिने राष्ट्रिय सम्मेलन आइतबार सम्पन्न भएको हो ।

सम्मेलनमा देशका विभिन्न विश्व विद्यालय तथा क्याम्पसहरुमा कार्यरत प्राध्यापक एवं अनुसन्धानकर्ताहरुले आ–आफ्ना अनुसन्धान–पत्र प्रस्तुत गर्नुभएको थियो । एक दर्जन बढि अनुसन्धानकर्ताहरुको अनुसन्धान–पत्र प्रस्तुत भएको उक्त सम्मेलनमा नेपाल खुला विश्व विद्यालयका प्राध्यापकद्वय डा. कर्ण राना र डा. जीवन खनालको सहजीकरणमा अनुसन्धान–पत्र उपर टिप्पणी, बहस तथा छलफल भएको थियो ।

उक्त सम्मेलनमा बुटवल बहुमुखी क्याम्पसका प्राध्यापक डाक्टर अरुण क्षेत्रीले ‘नेपालको शिक्षामा कोभिडअवधि र कोभिड पछिको अवधिमा देखिएका चुनौती’ शीर्षकमा आफुले गरेको अनुसन्धानको मूख्य सार प्रस्तुत गर्नुभएको थियो । त्यस्तै नेपाल खुला विश्व विद्यालयकी प्राध्यापक एवं अनुसन्धानकर्ता सुवेक्षा घिमिरेले ‘अनलाइनसिकाइमा कोभिड–१९ चुनौतीको प्रभाव’विषयमा आफ्नो अनुसन्धान–पत्र प्रस्तुत गर्नुभएको थियो । भने,रामापुरबहुमुखीक्याम्पस रुपन्देहीकाप्राध्यापकदिनेश पन्थीले‘ कोभिड–१९ को अवधिमा सामुदायिक क्याम्पसहरुमा अनलाइन शिक्षण’ सम्बन्धी आफ्नो अध्ययनको सार प्रस्तुत गर्नुभएको थियो । सम्मेलनमा फर्साटिकर क्याम्पस रुपन्देहीका प्राध्यापक एवं अनुसन्धानकर्ता दिपक काफ्लेले पनि‘नेपाली विद्यालयहरु अग्रेजी माध्यममा बद्ल्नु ः मिथक र तथ्य’शीर्षकमा आफ्नो अनुसन्धान–पत्र प्रस्तुत गर्नुभएको थियो ।

त्यसैगरी महाकवि देवकोटा क्याम्पस नवलपरासी पश्चिमका प्राध्यापक हरि बस्याल, सोही क्याम्पसका विकास राना तथा सिद्धार्थ क्याम्पस बाणगंगा, कपिलवस्तुका प्राध्यापक एवं अनुसन्धानकर्ताहरु प्रभात विक्रम क्षेत्री, अनिमा जिसी, गोविन्द पोख्रेल, कृष्णप्रसाद भट्टराई, इन्द्रमणी पाण्डे, उमेश कुमार सापकोटा, उज्ज्वल अधिकारी लगायतले शिक्षा, समाजशास्त्र र व्यवस्थापन विषयमा केन्द्रीत भई तयार गरेका अनुसन्धान–पत्रहरु उक्त सम्मेलेनमा प्रस्तुत गर्नुभएको थियो ।

सम्मेलनलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश सांसद विष्णु पन्थीले कोभिड–१९ले विश्वव्यापी रुपमा ठुलो हलचल ल्याएको बताउनुभयो । सांसद पन्थीले दोस्रो विश्वयुद्ध पछिकोभिड–१९ले नैविश्व अर्थ व्यवस्थालाई सबैभन्दा बढि अस्तव्यस्त बनाएको दावी गर्नुभयोे । कोभिडको कारण दुई वर्षसम्म सारा विद्यार्थीहरुको सिकाइ प्रभावित भएको र सिकाई बिना नै कक्षा चढाउनु पर्ने वाध्यता आएको पन्थीले बताउनुभयो । यद्यपी कोभिड–१९ ले नेपालीलाई आत्मनिर्भर हुनुपर्ने र प्रविधिको प्रयोग तथा पहुँच विस्तार गर्नुपर्ने कुरा सिकाएर गएको उहाँले औंल्याउनुभयो ।

सांसद पन्थीले नेपाली भाषाको विकास र विस्तारमा अनुसन्धान केन्द्रीत हुनुपर्नेमा समेत जोड दिनुभयो । उहाँले भर्खर विद्यालय शिक्षा सुरु गर्दै गरेका बच्चालाई अंग्रेजी भाषा सिक्नैपर्ने बाध्यात्मक अवस्था सिर्जना गर्न नहुने तर्क गर्नुभयो । विद्यालय शिक्षाको सुरुवाती चरण उनिहरुकै मातृभाषा वा नेपाली भाषामा नै शिक्षा दिने पछि आवश्यकता अनुसार विस्तारै अंग्रेजी भाषा पनि सिकाउदै जानुपर्ने उहाँको तर्क थियो ।

उक्त सम्मेलनमा कपिलवस्तु लगायत लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका क्याम्पसमा कार्यरत करिब एक सय जना प्रध्यापक तथा अनुसन्धानकर्ताहरुको सहभागिता रहेको थियो ।


शिक्षाको रुपान्तरण सम्बन्धि बहस
सम्मलेनको दोस्रो दिन ‘नेपालको शिक्षा रुपान्तरण’ सम्बन्धी बहस सम्पन्न भएको छ । उक्त बहसमा बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्याल, सिद्धार्थ क्याम्पस सञ्चालक समिति अध्यक्षझ विलाल पोख्रेल, उपाध्यक्ष रवि बहादुर काफ्ले, नेपाल खुला विश्व विद्यालयका प्राध्यापकद्वय डा. कर्ण राना, र डा. जीवन खनाल, सोही विश्वविद्यालयकी प्राध्यापक सुवेक्षा घिमिरे, शिक्षक संगठनका जिल्ला अध्यक्ष टिकाराम पौडेल, बाणगंगा नगर शिक्षा शाखा प्रमुख खिमबहादुर जिसी लगायत विभिन्न क्याम्पसका क्याम्पस प्रमुख एवं प्राध्यापक, विद्यालयका प्रधानाध्यापक, शिक्षक, कर्मचारी र विद्यार्थीहरुको सक्रिय सहभागिता रहेको थियो ।

बहसका सहभागीहरुले अबको शिक्षा व्यवहारिक, सीपयुक्त, रोजगामुलक एवं स्थानीय आवश्यकता अनुसारका मौलिक विषयवस्तुहरु समेटने खालको हुनुपर्नेमा जोड दिएका थिए । सहभागीहरुले एउटै सरकारी विद्यालयमा दुई किसिमको शिक्षा प्रदान गर्दा समाजमा विभेदको खाडल बढ्दै जाने बताएका छन् । एउटै विद्यालयमा पढ्न आउने विद्यार्थीहरुलाई नेपाली र अंग्रेजी माध्यमको नाममा फरक–फरक व्यवहार गर्दा सामाजिक असमानता बढ्दै जाने सहभागीहरुको दावी छ ।

सामुदायिक विद्यालयमा सञ्चालित अंग्रेजी माध्यमको शिक्षा कमजोर आर्थिक अवस्था भएका वर्गको पहँुचबाट टाढा हुँदै गएको रहुनेखाने वर्गमा मात्र सिमित भएको हुँदा शिक्षामा समान अवसर सिर्जना गर्न चुनौती थपिदै गएको सहभागीहरुको विचार थियो । विद्यालय तहमा अंग्रेजी भाषा सिकाउनु अपरिहार्य भएपनि सबै विषयलाई अंग्रेजी माध्यममै सिकाउन नहुने तर्क सहभागीहरुको रहेको थियो । नेपालीका मौलिक ज्ञान सिप, संस्कार, संस्कृति र परम्परालाई नेपाली भाषामै सिकाउदा प्रभावकारी हुने राय सहभागीहरुको रहेको थियो ।

बहसमा सहभागीहरुले शैक्षिक सुधारको लागि नीति निर्माता, शैक्षिक प्रशासक र शिक्षक सबैले आफ्ना कार्यशैलीमा व्यापक सुधार गर्दै इमान्दारीताका साथ उत्तरदायित्व बहन गर्नु पर्नेमा समेत जोड दिएका थिए ।

सम्मेलन सिद्धार्थ क्याम्पसका क्याम्पस प्रमुख खेमराज शर्माको अध्यक्षता, सहायक क्याम्पस प्रमुख बेदराम अर्यालको स्वागत र सहायक क्याम्पस प्रमुख एवं अनुसन्धान व्यवस्थापन इकाई संयोजक गोविन्द प्रसाद खनालको सञ्चालनमा सम्पन्न भएको थियो ।


प्रकाशित : २०७९ असार १२, आईतवार २०:०८

Lumbini Darpan 2

लेखकबाट थप

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा
  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा
  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित
  • विद्यालयका समस्या पहिचान गर्न वडा स्तरिय युवा क्लवकाे छलफल, विद्यार्थीलाई चित्रकला प्रशिक्षण
  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि
प्रतिक्रिया

यो पनि पढौँ

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

भर्खरै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

  • परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech