हरि आचार्य, कपिलवस्तु
कपिलवस्तु जिल्लाकै उत्कृष्ट शैक्षिक संस्था लुम्बिनी लर्निङ्ग सेन्टर प्रा.लि.ले फेरी पनि उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको छ । हरेक शैक्षिक विधामा विगत देखिनै जिल्लामै उत्कृष्ट बन्न सफल लुम्बिनी लर्निङ्ग सेन्टर प्रा.लि.ले ईपिएस कोरीयन भाषाको पहिलो चरण अन्तर्गत कृषि तथा पशुपालन क्षेत्रमा लिईएको परिक्षाको नतिजामा उत्कृष्ट नतिजा प्राप्त गर्न सफल भएको हो ।
सोहि शैक्षिक संस्थामा अध्ययनरत मध्ये भाग लिएका विद्यार्थीहरु मध्ये ८० प्रतिशत विद्यार्थीहरु उतीर्ण भएको लुम्बिनी लर्निङ्ग सेन्टर प्रा.लि.का सञ्चालक असीम क्षेत्रीले बताउनुभएको छ ।
उतीर्ण भएसंगै रोजगारका लागि कोरीया जाने बाटो खुलेको कोरीयन भाषा विभाग प्रमुख मधुसुधन पाण्डेले बताउनुभएको छ । सेन्टरका प्रबन्धक असिम क्षेत्रीले उतीर्ण विद्यार्थीलाई हार्दिक बधाई दिंदै सफलताको शुभकामना दिनुभएको छ । नाफा भन्दा सदैव विद्यार्थीहरुको भविष्यको लागि लागि परेको सेन्टरका प्रमुख क्षेत्री बताउनुहुन्छ । उहाँले निजि शैक्षिक संस्था भए पनि कहिले पनि नाफामा मात्र जोड नदिएको भन्दै विद्यार्थीहरुको भविष्य नै साकार पार्नमा सेन्टर प्रतिवद्ध रहेको बताउनुभयो ।
विक्रम संवत २०७२ सालमा स्थापना गरिएको लुम्बिनी लर्निङ्ग सेन्टर प्रालिले कोरियन, जापनिज लगायत विभिन्न भाषा, सम्पुर्ण लेवलका ट्युसन कक्षा, सबै कोर्षका कम्प्युटर कक्षा दक्ष एवम् अनुभवि प्रशिक्षकद्धारा पठनपाठन गराईरहेकोले नतिजा जिल्लामै उत्कृष्ट रहेको त्यहाँ अध्ययनरत विद्यार्थीहरु बताउँछन् ।
प्रोजेक्टर लगायत आधुनिक शैक्षिक सामग्रीबाट अध्यापन, उत्कृष्ट पुस्तकालयको व्यबस्था, दक्ष एवम् अनुभवि प्रशिक्षकद्धारा अध्यापन, पुराना तथा बाहिरि जिल्लाबाट आएका विद्यार्थीहरुलाई विशेष छुट लगायतका विशेषताहरुले भरिपुर्ण यस संस्थामा अध्यापन गर्न ईच्छुक विद्यार्थीहरुको संख्या दिनानुदिन बढिरहेको पाईन्छ ।




















