रुसी राष्ट्रपति पुटिन र भारतीय प्रधानमन्त्री मोदीबीच फोन वार्ता

[sharethis-inline-buttons]

लुदअ, असार १८
रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच फोन वार्ता भएको छ ।

हिजो उहाँहरुबीच भएको कुराकानी रुस–युक्रेन युद्धका बारेमा केन्द्रित रहेको समाचार संस्था एएनआईले जनाएको छ ।

भारतीय प्रधानमन्त्री मोदीले वार्तामार्फत नै युक्रेनसँगको विवाद अन्त्य गर्न पुटिनलाई आग्रह गर्नुभएको छ ।

मोदीले आफूले सुरुदेखि नै वार्ता र कुटनीतिक पहलबाट समस्याको समाधान गर्नुपर्नेमा जोड दिँदै आएको र अहिले पनि त्यही धारणा रहेको बताउनुभएको भारतीय प्रधानमन्त्रीको कार्यालयले निकालेको वक्तव्यमा उल्लेख छ ।

दुई देशका शीर्ष नेताबीच विगतमा भएका अन्य सहमति र सम्झौताको कार्यान्वयनका बारेमा पनि थप छलफल भएको छ ।

 


प्रकाशित : २०७९ असार १८, शनिबार ०७:२२