जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधन

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधन भएको छ ।

चुनावी अभियान अन्तर्गत आज बिहान नारा शहरको सडकमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गरिरहेको बेला आबेमाथि गोली प्रहार भएको थियो ।

गोली लागेपछि भुइँमा लडेका उनलाई तत्कालै नारा युनिभर्सिटीको अस्पताल लगिएको थियो । गोली लागेपछि  बेहोस भएका उनको उपचारकै क्रममा मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।


प्रकाशित : २०७९ असार २४, शुक्रबार १४:५१