लुदस, जितपुर
कपिलवस्तुको पिपरा अस्पताल व्यवस्थापन अभावमा रिफर सेन्टरमा सिमित बन्दै गएको छ । अस्पतालमा दैनिकजसो आउने विरामीहरु रिफर नै माग्न थालेका छन् । एकातिर अस्पतालभित्र व्यवस्थापकिय पक्ष कमजोर छ भने अर्कोतर्फ कर्मचारी अभावको कारण सेवाग्राही घन्टौ सम्म लाईनमा बस्न बाध्य भएका छन् ।
यस आर्थिक वर्षको असार १५ गते सम्ममा १ करोड ४ लाख ६ सय ८८ रुपैया बराबरको आम्दानी गरेको अस्पतालमा जनप्रतिनिधिहरुको चासो नजादाँ व्यवस्थापनमा समस्या पर्ने गरेको हो ।
अस्पतालले स्वास्थ्य विमातर्फ ८० लाख ६९ हजार ६ यस २९ रुपैया, आन्तरिक आम्दानी १९ लाख ८९ हजार ६९ रुपैया भएको र दात्रृ निकायबाट ४ लाख प्राप्त भएको अस्पताल प्रशासन श्रोतले बताएको छ । सो रकम बाणगंगा नगरपालिकाको खातामा जम्मा हुन्छ ।
तर व्यवस्थाकीय जिम्मेवारी लिएको नगरका जनप्रतिनिधिहरुको व्यवास्थाका कारण ५ वर्षदेखि भिडियो एक्सरे मेसिन भएपनी संचालनमा आउन सकेको छैन् ।
जसका कारण सवैभन्दा बढी गर्भवती महिलाहरु स्वास्थ परिक्षण गर्न बुटवल जाने बाध्यता रहेको बाणगंगा ५ कि आशा थारुले दुखेसो व्यक्त गरिन् ।
उनले भनिन ्यस अगाडी पुरुष उपमेयर भएकै कारण चासो नभएको होला भनेको महिला आईसकेपछी पनी चासो नपुग्नु विडम्बना भएको बताईन् ।
जनशक्ति नहुदाँ एक्सरे मेशिन र विमाका सेवाग्राही व्यवस्थापनमा समस्या भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्ड आनन्द अधिकारीले बताए । यता दैनिकजसो २ सय बढी विरामी सेवा लिन जाने गरेको अस्पतालमा १ सय ४० बढी रिफर हुने गरेको मेडिकल रेकडर कुल प्रसाद पंन्थीले बताए । उनले भने अस्पतालमा औषधी प्रयाप्त छ, भवन , एम.वि.वि एस डाक्टर हुनुहुन्छ ।
तर एक्सरे मेशिन, प्रयास्त प्रयोगशाला, नहुदाँ अस्पताल प्रति नागरिकको विश्वास नभएको र रिफर माग्ने गरेको बताए । लाईन गएको बेला भरपर्दो इन्भटर तथा जेनेरेटरको व्यवस्था नहुदाँ कम्युटरहरु एक्कासी बन्द हुने र सिष्टम खुल्न १५ मिनेट लाग्ने हुदाँ पनी भिड बढेको त्यहाँ कार्यरत कर्मचारीहरु बताउछन् । जनप्रतिनिधिहरु सुविधामुखि भएको तर स्वास्थय जस्तो संमेदनशिल क्षेत्रलाई कुरुप बनाएको त्यहाँ पुगेका नेता कमल भराईको भनाई छ ।




















