हरि आचार्य ,
रुपन्देही जिल्ला प्रहरी कार्यालयमा रहेका घुमुवाका बरिष्ठ सई असुली धन्दामा लम्पट रहेको पाईएको छ । जिल्लाको पूर्वदेखि पश्चिम र दक्षिण भागको सिमावर्ती क्षेत्रमा असुलीमै व्यस्त रहेको समाचार स्रोतले जानकारी दिएको छ । जिल्लाका बरिष्ठ सई बिजयबहादुर शाही, लेखापाल रमेश शाही तस्करसँग साँठगाँठ गरि अवैध असुलीमा लागेका छन् ।
बिजयबहादुर शाही करिब ८ महिना अगाडि ईलाका प्रहरी कार्यालय मंगलापुर रुपन्देहीमा इन्चार्ज भएर बस्दा टिप्पर चालकहरुसँग अवैध रुपमा १५ हजार घुस लिँदा लिँदै जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीले रङ्गेहात पक्राउ गरेपछि जिल्लामा सस्पेन्समा परेका थिए ।
बिजयको दरबन्दी हुम्ला जिल्लामा छ तर उनले लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआइजी नल प्रसाद उपाध्यायको नजिकको पात्र र गृह मन्त्रालयमा आफ्नो पकड रहेको धाक लगाउँदै एसपी रविन्द्रनाथ रेग्मीलाई समेतपछि पार्दै तस्करसँग साँठगाँठ मिलाएका छन् । लेखापाल रमेश शाहीले जिल्लामा आउने इन्धन र गाडी मर्मतको पैसा समेत कसैलाई नदिने गरेको प्रहरी कार्यालयका कर्मचारीहरु बताउँछन् ।
अहिले बरिष्ठ सइहरुले तस्कर मास्टर, रहमान, गुड्डु, पाठक, मिठाइलाल लगायतका व्यक्ति सँग मोटरसाइकलको डिमान्ड गरेको नाम उल्लेख नगर्ने सर्तमा एक तस्करले बताए । केही समय अगाडी कंन्चन गाउँपालिका ३ गजेडिमा माटो तस्करी सप्लायर्स हरुसंग मिलेर ढुङ्गा, गिट्टी, तथा सिमा क्षेत्रमा मलखाद, चिनी, किराना सामान, कुखुरा, मोवाइल, मोटरपार्टस लगायतका सामग्री ओसार पसारमा घुमुवाले सेटिङ मिलाएर असुली गरि रहेका छन् । यि तस्करबाट उठाएको रकम आफु निकट च्यानल गृह मन्त्रालय सम्म पु/याएको र केही डिआईजीलाई समेत दिएको अडियो लुम्बिनी दर्पणले फेला पारेपछि रहस्य खुलेको हो । उनले डिआईजीका घुमुवा जिल्लामा आएर डिस्टव गरेको समेत टेलिफोन वार्तालापमा रहेको छ ।
घुमुवाका बरिष्ठ सईद्वयले लुम्बिनीबाट गोरु तस्करसँग मिलोमतोमा तस्करी पनि गरि रहेका छन् । उच्च ओहोदाका प्रहरीको नाम लिँदै बेलहीयाका दिपक शाही र नवलपरासीका प्रमोद यादवसँग संलग्न रही गोरु तस्करी गरि रहेका छन् । लुम्बिनीबाट गोरु लोड गरेर झापा पुर्याउन प्रहरी प्रशासनको मुख्य भूमिका निर्वाह गरि रहेका छन् । विभिन्न समाचार श्रोतमा खुलेको छ ।
भारतसँग सीमा जोडिएका रुपन्देहीका सबैजसो नाकाबाट तस्करी हुने गरेको छ । अहिले सबैभन्दा बढी तस्करी हुने नाका सेमलपानी, मर्चवार, कर्महवा, दुर्गौलिया, मेउडिहवा, बुचीबर्मा, लुम्बिनी, बेलहिया, बोगटी, करौता, कक्रहवा, भगवानपुर, हुन् । यहाँबाट मोबाइल, कपडा र हार्डवेयर, चिनी, मोटरसाइकल पार्टस बढी मात्रामा तस्करी हुने गरेको छ ।
डिएसपी र एसपीलाई समेत नटेरी बरिष्ठ सईले जिल्लामा तस्करी गराई रहेका छन् । बरिष्ठ सईहरु २४ औं घण्टा सेटिङ मिलाएर तस्कर गराउन तल्लिन छन् । सिभिलमा हिँड्ने र अफिसियल ड्युटी नगरी तस्करी गराउने कार्यमा दिन रात बिताइरहेका छन् । यस विषयमा उनले आफु क्राईम तर्फको सिविल भएको भन्दै तर्कन खोजे कुराकानी पछी अन्य राजश्व सिमा क्षेत्रमा हुने तस्करीमा समेत निगरानी हुने खुलाए ।




















