असार २९, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २०६ कोरोना संक्रमण पुष्टि भएको छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार दुई हजार ८२ पीसीआर परीक्षणमा १७७ जना र एक हजार ९३ जनाको एन्टिजेन परीक्षण गर्दा २९ जना गरी २०६ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १००५ पुगेको छ । पछिल्लो २४ घण्टामा ४५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।


















