ताजा अपडेट

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

लुम्बिनी प्रादेशिक अस्पतालमा अनियमितताको चाङ, डेढ करोडमा खरिद गरिएको जेनेरेटर गायव

Lumbini Darpan 2 २०७९ असार ३१, शुक्रबार ७:०५

लुदअ, बुटवल
लुम्बिनी प्रदेश सरकार अन्तरगत रहेको बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा अनियमितताको चाङ भेटिएको छ । अस्पतालमा उपकरण तथा औषधि खरिद, कोभिड १९ महामारी व्यवस्थापन तथा विभिन्न सेवा सुविधाका नाममा अनियमितताहरु भेटिएका हुन । महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको प्रतिवेदनमा यस्तो भेटिएको हो । अस्पतालमा विगतको भन्दा बेरुजु रकममा समेत करिब ५ गुणाले बढेको छ ।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको २०७९ सालको प्रतिवेदन अनुसार अस्पतालमा ९ करोड ३२ लाख ७४ हजार बेरुजु भेटिएको हो । गत वर्षको प्रतिवेदनमा १ करोड ९७ हजार ८२ लाख बेरुजु रकम भेटिएकोमा यो वर्ष ४ सय ७१ दशमलव ५३ प्रतिशतले बेरुजु वृद्धि भएको छ । अघिल्लो वर्षभन्दा यो वर्ष ७ करोड ३४ लाख ९७ हजार रुपैयाँ बराबरको बढी रकम बेरुजु भेटिएको हो । महालेखाले यस वर्षको प्रतिवेदनमा ४ करोड ७८ लाख ५८ हजार रकमलाई नियमित गर्नु पर्ने देखाएको छ भने ४ करोड ५४ लाख २१ हजार रकम बराबरको खर्चमा आवश्यक कागजात तथा प्रमाणहरु पेश गर्नु पर्ने देखाएको छ ।

अस्पतालको फार्मेसी सञ्चालन, भवन निर्माण तथा त्यसको प्रयोग, विभिन्न स्वास्थ्य उपमकरण खरिद तथा मर्मत, अस्पतालको कम्पाउण्ड निर्माण तथा भुक्तानी, करार तथा स्थायी कर्मचारीहरुको तलब तथा सेवा सुविधा वितरणका साथै कोभिड–१९ रोकथामका नाममा अनियमिताहरु भेटिएका छन । अस्पतालले सार्वजनिक खरिद ऐन तथा सम्झौता विपरित विभिन्न ११ वटा फर्मलाई औषधि खरिदमा ६ लाख ९५ हजार बढी भुक्तानी दिएको छ । औषधि, सर्जिकल सामाग्री, रिएजेन्ट, उपकरण, अक्सिजन र अन्य कार्यालय सामग्री खरिद गर्दा सम्झौताभन्दा बढी रकम दिएको भेटिएको हो ।

यसैगरी अस्पताल फार्मेसीले अस्पतालको मूल खातामा जम्मा गर्नु पर्ने १ करोड १८ लाख ९७ हजार रुपैयाँ रकम अझैसम्म जम्मा नगरेको प्रतिवेदनमा उल्लेख छ । अस्पताल फार्मेसी सेवा निर्देशिका २०७२ को बुँदा नम्बर १५ दशमलव ७ र १६ दशमलव २ अनुसार औषधि विक्रिबाट भएको कुला आम्दानीको १० प्रतिशत तथा खुद नाफाको ९० प्रतिशत रकम अस्पतालको खालामा जम्मा गर्नु पर्ने व्यवस्था भएपनि सो अनुसार नभएको हो ।

यसैगरी अस्पतालको भावन निर्माणमा नियम विपरित भेरिएसन गरी लागत थप गरको भन्दै महालेखाले कमजोरी औल्याएको छ । अस्पतालको डाइगोनेष्टिक भवन निर्माणमा अनियमित रुपमा भेरियसन गराई सुरुको लागत मूल्यमा ९९ लाख ६९ हजार रकम थप गरिएको छ । सावैजनिक खरिद ऐन २०६३ को दफा ५४९३० अनुसार प्रतिवन्धात्मक वाक्यांशमा लागत अनुमान स्वीकृत गर्ने व्यक्तिभन्दा तल्लो तहको अधिकारीले पुन भेरियसन गरी लागत रकम थप गर्न नमिल्ने भए पनि सो विपरित गरिएको महालेखाले जनाएको छ । अस्पतालले १७ करोड ८७ लाख ८७ हजारमा ३ तलाको भवन निर्माण गर्ने भनि विभागीय मन्त्रीबाट स्कृति भएकोमा अस्पताल कार्यलय प्रमुखबाट थप एक तलाका लागि फ्रेम स्ट्रक्चर थप्ने भनि भेरियसन गरिएको छ । यसरी रकम बढाएर सोही भवनको लागत १८ करोड ७६ लाख ९ हजार पुर्याइएको छ । यसैगरी अस्पतालको कम्पाण्ड निर्माण गर्ने क्रममा निर्माण कम्पनीलाई काम भएकोभन्दा ६ लाख बढी रकम भुक्तानी गरिएको भन्दै महालेखाले असुल उपर गर्न निर्देशन गरेको छ ।

अस्पतालले प्रदेश निर्देशनालयले ७६ लाख ६१ हजार खर्चेर किनेको एचपीएलसी न्यूवर्न स्क्रीनिङ मेशिनलाई त्यसै थन्क्याएर राखेको छ । अस्पतालमा साढे ३१ लाख खर्च गरेर खरिद गरिएको अटोक्लेभ मेशिन समेत प्रयोग विहिन भएको भन्दै महालेखाले औल्याएको छ ।
अस्पतालमा करिब डेढ करोडमा खरिद गरिएको जेनेरेटरनै गायव भएको छ । स्थलगत निरीक्षण गर्दा उक्त जेनेरेटर मर्मतका लागि लगिएको महालेखालाई जवाफ आएको छ । अस्पतालमा १ करो ४६ लाख ९० हजारमा गरिद गरिएको मर्सिलेटरसहितको होलोमियम लेजर जेनेरटर २०७७ कार्तिकमा आपूर्तिकर्तासँग खरिद सम्झौता भई सोही वर्षको माघ १० गते भुुक्तानी समेत गरेको देखिए पनि उक्त मेसिन भने अस्पतालमा नदेखेपछि महालेखाले प्रश्न उठाएको थियो । जवाफमा उक्त जेनेटर मर्मतका लागि आपूर्तिकर्ताले नै लगेको भन्ने आएपछि खरिद गर्ने वित्तिकै खराब भएको देखिएकाले सामानको वारेन्टी, ग्यारेन्टि अनुसार प्रतिस्थापन गराउनु पर्ने महालेखाले सुझाब दिएको छ ।


प्रकाशित : २०७९ असार ३१, शुक्रबार ७:०५

Lumbini Darpan 2

लेखकबाट थप

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा
  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा
  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित
  • विद्यालयका समस्या पहिचान गर्न वडा स्तरिय युवा क्लवकाे छलफल, विद्यार्थीलाई चित्रकला प्रशिक्षण
  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि
प्रतिक्रिया

यो पनि पढौँ

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

भर्खरै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

  • परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech