श्रीलंकामा नयाँ राष्ट्रपति चुन्न आज मतदान हुँदै

[sharethis-inline-buttons]

लुदअ, साउन ४
श्रीलंकामा नयाँ राष्ट्रपति चुन्न आज मतदान हुँदैछ । गोटावाया राजापाक्षेले राजीनामा दिएपछि श्रीलंकामा नयाँ राष्ट्रपतिका लागि आज संसदमा मतदान हुन लागेको हो ।

आज हुने चुनावमा तीन जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिंघे, विपक्षी समर्थित दुल्लास अलाहप्पेरुमा र मार्क्सवादी पार्टीका नेता अनुरा कुमारा दिसानायके प्रतिष्पर्धामा हुनुहुन्छ । विक्रमासिंघेको नाम हिजोको संसदमा सत्तारुढ दलका नेता दिनेश गुणवर्द्धनेले प्रस्ताव गर्नुभएको थियो ।

दुई सय २५ सदस्यीय संसदमा पूर्वराष्ट्रपति राजापाक्षेको दल पोदुजाना पेरुमुनाका १ सय ४५ सांसद रहेका छन् । राजापाक्षेको दललाई अरू सात जना सांसदको पनि समर्थन रहेको छ । राष्ट्रपति चयनका लागि १ सय १३ मत आवश्यक पर्छ । यसअघि आफू मात्रै सांसद रहँदा रहँदै पनि युनाइटेड नेशनल पार्टीका सांसद विक्रमासिङ्घे प्रधानमन्त्री बन्नुभएको थियो ।


प्रकाशित : २०७९ श्रावण ४, बुधबार ०८:३१