सुडानमा भएको झडपमा १ सय भन्दा धेरैको ज्यान गयो

[sharethis-inline-buttons]

लुदअ, साउन ५
सुडानको ब्लु नाइल राज्यमा भएको झडपमा परि १ सय ५ जनाले ज्यान गुमाएका छन् ।

त्यहाँ भएको जातीय दङ्गामा झन्डै तीन सय जना घाइते भएका ब्लु नाइल राज्यका स्वास्थ्य मन्त्रीलाई उदृत गरी समाचार संस्था एएफपीले जनाएको छ ।

गएको जुलाई ११ मा बर्ती र हाउसा जातीय समूहका सदस्यहरूबीच इथियोपिया र दक्षिण सुडानसँगको सिमानामा दङ्गा भएको थियो ।

स्वास्थ्य मन्त्री जमाल नासरले अहिले दङ्गाको अवस्था केही शान्त भएको बताउनुभएको छ । त्यहाँ सेनाको तैनाथी छ ।

दशकौँको गृहयुद्धबाट बाँकी रहेका हतियारले भरिएको सुडानका कतिपय क्षेत्रमा जमिन, गाईबस्तु, पानी र चरनको विषयलाई लिएर पटक पटक झडपका घटना हुने गरेका छन् ।


प्रकाशित : २०७९ श्रावण ५, बिहीबार ०८:१६