लुदअ साउन १९, काठमाण्डौ
देशका विभिन्न ठाउँमा ठूलो वर्षा भएको छ ।
कास्कीको जुमलेटी, पोखरा विमानस्थल, लामापाटन, घलेखर्कलगायत धेरै ठाउँमा ठूलो वर्षा भएको छ ।
यस्तै, पर्वत, गोरखा र आसपासका केही ठाउँमा पनि ठूलो वर्षा भएकाले यी क्षेत्र भइ बहने साना नदीमा आकस्मिक रुपमा पानीको बहाव बढ्न सक्ने भएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
यस्तै, दोलखाको तामाकोसी नदी र प्युठानको लुङ्गरी नदीमा पानीको सतहले सतर्कता तह पार गरेको छ । नदीमा पानीको सतह बढ्दो क्रममा रहेकाले नदी आसपासका क्षेत्रमा सतर्कता अपनाउन भनिएको छ ।




















