हरि आचार्य, कपिलवस्तु
लगातार ५ बर्ष विकास निर्माणको काममा नगरमै उत्कृष्ट हुन सफल कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ७ ले शिक्षा क्षेत्रमा फेरी अर्को उदाहरणीय कार्य गरेको छ । वडाको लक्षित वर्गको कार्यक्रम अनुसार विद्यार्थीलाई पठनपाठनमा टेवा पुग्ने गरि एक कार्यक्रमको आयोजना गरि नगरमै नयाँ र प्रभावकारी कार्य गर्न सफल भएको छ ।
नवदुर्गा आधारभुत विद्यालयमा एक कार्यक्रमको आयोजना गरि वडा भित्र रहेका सबै सामुदायिक विद्यालयको कक्षा १ देखि ८ सम्म अध्ययन गर्ने १२३७ जना विद्यार्थीहरुलाई प्रति विद्यार्थी ३/३ वटाका दरले ३७११ वटा कापि, प्रतिविद्यार्थी १/१ वटाका दरले १२३७ वटा कमल प्रदान गरिएको वडाध्यक्ष बिष्णु गिरीले जानकारी दिनुभयो ।

जसमध्ये जनचेतना आधारभुत विद्यालय बनगाईका ३ सय १२ जना, नवदुर्गा आधारभुत विद्यालय मोतिपुरडांडाका ३ सय ९ जना र जनज्योती माध्यमिक विद्यालय मोतिपुरका ६ सय १६ जना विद्यार्थीहरुलाई वडा कार्यालयको लोगो सहित उक्त शैक्षिक सामग्री वितरण गरिएको हो । जनज्योती माध्यमिक विद्यालयका विद्यार्थीहरुका लागि भने एकमुष्ट विद्यालयलाई हस्तान्त्रण गरिएको थियो ।
शैक्षिक सामग्री प्रदान गर्दै सामुदायिक विद्यलायमा विपन्न र आर्थिक स्तर कमजोर भएर्का विद्यार्थीहरु अध्यापन गर्ने भएकाले आर्थिक स्तर कमजोर भएकै कारण शिक्षाबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यले शैक्षिक सामग्री प्रदान गरिएको ७ नम्बर वडाका वडाध्यक्ष बिष्णु गिरीले बताउनुभयो । वडाध्यक्ष गिरीले वडाको वडाको शैक्षिक अवस्था क्रमशः सुधार हुंदै गएको बताउनुभयो । उहाँले भौतिक विकास निर्माणले मात्र समृद्ध नहुने भन्दै शिक्षा क्षेत्रमा लगाएको लगानी खेर नजाने बताउनुभयो ।
शैक्षिक सामग्री नवदुर्गा आधारभुत विद्यालयका प्रधानाध्यापक बलराम पाण्डेको अध्यक्षता, वडाध्यक्ष विष्णु गिरीको प्रमुख आतिथ्यता, वडाका सम्पुर्ण जनप्रतिनिधि, शिक्षक, विद्यार्थी तथा अभिभावकहरुको उपस्थिती रहेको थियो ।

यस्तै अघिल्लो महिनामा पनि ७ नम्बर वडाले वडा भित्रका ३ वटा सामुदायिक विद्यालयका कक्षा १ देखि ८ सम्मका विद्यार्थीहरु मध्ये प्रत्येक कक्षाका २४ जना प्रथम विद्यार्थीहरुलाई प्रोत्साहन स्वरुप १/१ वटा झोला, ३/३ वटा कापि र कलम प्रदान गरेको हो भने कक्षा १ देखि ८ सम्ममै मुख्य ५ विषय अध्यापन गराउने उत्कृष्ट सिकाई उपलब्धि हासिल गर्ने २४ शिक्षकलाई १/१ वटा डायरी, कलम तथा दोसल्ला ओढाएर सम्मान गरिएको वडा कार्यालयले जनाएको छ ।




















