सांसद पन्थीद्धारा शाईन रेसुङ्गाको प्रविधियुक्त एटीएम सेवा शुभारम्भ

[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
शाईन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेड जितपुर शाखामा एटीएम सेवाको शुभारम्भ भएको छ । लुम्बिनी प्रदेश सांसद तथा प्रदेशका सार्वजनिक लेखा समिति सभापति बिष्णु पन्थीले उक्त आधुनिक प्रविधियुक्त एटीएम मेसिनको शुभारम्भ गर्नुभएको हो । राष्ट्रिय स्तरको विकास बैंक, शाईन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेड जितपुर शाखामा एटीएम सेवा शुभारम्भ भएसंगै सेवाग्राहीलाई सहज हुने भएको छ ।

एटीएम मेसीनको उद्घाटन गर्दै सांसद पन्थीले यस क्षेत्रमा आधुनिक बैंकिङ सुबिधाहरु थपिदै गएकाले सेवाग्राहिहरुले यसको प्रयोग गरि भरपुर फाईदा लिनुपर्ने बताउनुभयो ।

सार्वजनिक लेखा समितिका सभापति समेत रहनुभएका पन्थीले छिटो र सहज रुपमा आर्थिक कारोबारका लागि एटीएम सेवा उपयोगी रहेको बताउनुभयो । उहाँले बैंक समय भन्दा अन्य समयमा आर्थिक कारोबार गर्नका लागि एटीएम उपयोगी भएकाले यस क्षेत्रका स्थानीयहरुलाई यसको प्रयोगबारे बैंकले सहजिकरण गर्नुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै एटीएम सेवाको शुभारम्भ भएसंगै खुसी व्यक्त गर्दै सबै नेटवर्कको एटीएम बाट सेवा लिन सकिने शाखा प्रमुख माधवराज घिमिरेले जानकारी दिनुभयो ।


प्रकाशित : २०७९ भाद्र ५, आईतवार १६:०५