भारतीय सेना प्रमुख पाण्डे आज नेपाल आउँदै

[sharethis-inline-buttons]

लुदअ भदौ १९, काठमाण्डौ
भारतीय सेना प्रमुख मनोज पाण्डे पाँच दिने औपचारिक भ्रमणका क्रममा आज नेपाल आउँदै हुनुहुन्छ ।

नेपाली सेनाको ‘मानार्थ महारथी’ सम्मान ग्रहण गर्न उहाँ पाँच सदस्यीय सैन्य प्रतिनिधिमण्डलसहित नेपाल आउन लाग्नु भएको हो । उहाँ नियमित कार्यक्रमअनुसार नेपाल आउन लागेका नेपाली सेनाले जनाएको छ ।

दुवै सेनाप्रमुख एक अर्को देशको मानार्थ महारथी रहने परम्पराअनुसार पाण्डे सेनाध्यक्ष भएपछि नेपाल आउन लाग्नु भएको हो ।

नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले पनि यसअघि नै नयाँ दिल्ली पुगेर मानार्थ महारथीको सम्मान ग्रहण गर्नु भएको थियो । मानार्थ महारथी सम्मान राष्ट्रपतिले प्रदान गर्ने चलन छ ।


प्रकाशित : २०७९ भाद्र १९, आईतवार ०७:४९