
हरि आचार्य, कपिलवस्तु
क्यु.ए.ए. प्रमाण पत्र प्राप्त क्याम्पस सिद्धार्थ क्याम्पस बुङ्चिका बस मा थीतोडफोड भएको छ । क्याम्पसको प्राङ्गणमा रोकिराखेका दुई वटा बस माथी गएराती तोडफोड भएका हुन् । विद्यार्थी सङ्गठनले राखेका माग प्रति गम्भीर नभएको भन्दै गए राती नेकपा (बहुमत) निकट अखिल क्रान्तिकारी कपिलवस्तुद्वारा तोडफोड भएको हुन सक्ने घटना स्थलमा भेटिएको पत्रद्वारा सजिलै आङ्कलन गर्न सकिन्छ ।
यस बिषयमा क्याम्पसका अध्यक्ष झविलाल पोख्रेलसंग बुझ्दा पछिल्लो समय पब्लिक क्याम्पससंगको समन्वयमा विद्यार्थीहरुको केहि शुल्क वृद्धि गरिएको र सो को विरोध भईरहेको अवस्थामा नेकपा (बहुमत) निकट अखिल क्रान्तिकारी कपिलवस्तुले ताला लगाएको थियो । जसको समाधानका लागि क्याम्पसले पटक पटक वार्ताका लागि बोलाएको तर वार्तामा नआए पछि सम्पुर्ण विद्यार्थी संगठन र विद्यार्थीहरुको सहमतिमा ताला खोलिएकाले तोडफोड भएको बताउनुभयो ।
क्याम्पस प्रमुख खेमराज शर्माले बस तोडफोड भएको स्थानमा अहिले प्रहरी आएर अनुसन्धान गरिरहेको बताउनुभयो । उहाँले यसले शैक्षिक क्षेत्र जस्तो संवेदनशिल पक्षमा विद्यार्थीहरुलाई पठनपाठनमा ठुलो नोक्सानी भएको बताउनुभएको छ ।
तोडफोड भएको स्थानमा भेटिएको पत्र