स्काईलार्क बोर्डिङ्ग स्कुलमा ‘७ औँ मायादेवी हव कन्भेन्सन’ भब्यताका साथ सम्पन्न

[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
कपिलवस्तुको बाणगंगा ११ ओदारीमा स्काईलार्क ईंलीश बोर्डिङ्ग स्कुलमा ‘७ औँ मायादेवी हव कन्भेन्सन’ भव्यताका साथ सम्पन्न भएको छ । विधार्थी गुणीय चक्र अर्थात विधार्थी क्वालिटि सर्कल अन्तर्गतको सम्मेलन सम्पन्न गरिएको हो । स्काईलार्क ईंलीश बोर्डिङ्ग स्कुलले मायादेवी हव कन्भेन्सन गरेको हो ।

कपिलवस्तु र रुपन्देहीका ७ विद्यालय केस स्टडीका लागि र २ वटा विधालय अवलोकनका लागि सहभागी भएका थिए । प्रतियोगितामा करिव २ सय भन्दा बढी विद्यार्थीले भाग लिएको जनाईएको छ ।

सहभागी विद्यार्थीहरुले प्यानल डिस्कसनको क्रममा अतिरिक्त क्रियाकलापमा भाग लिने, विद्यालयमा अनुपस्थित, भाषा शुद्धताको कमी जस्ता केसहरु उठाई आफै समाधानका लागि गर्नुपर्ने उपायहरुको बारेमा प्रोजेक्टर मार्फत स्पष्ट पारेका थिए । जुन क्रियाकलाप एस.क्यु.सी.को महत्वपुर्ण मानिन्छ । त्यस्तै विद्यार्थीहरुको स–साना समुह बनाई जस्ले विद्यार्थीका समस्या छनौट गरि समस्याका कारण, मुल जरा पत्ता लगाई समुहमा मिलेर समस्या समाधानका उपाएहरु पहिल्याउने र आफै एवम् अरुको सहयोगमा ति समस्या समाधान गर्न सक्ने क्षमता अभिवृद्धि गर्ने खालका विभिन्न क्रियाकलापमा विद्यार्थीहरुको उत्साहजनक सहभागीता रहेको थियो । कार्यक्रममा क्विज, हिज्जे, अभिनय, अन्य विधा गरि ९ विधामा प्रतियोगिता गराएको थियो । उत्कृष्ट सम्पुर्ण विद्यार्थीहरुलाई मायाको चिनो, प्रमाण पत्र सहित सम्मान गरिएको छ ।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि जिल्ला शिक्षा समन्वय ईकाई समिति कपिलवस्तुका प्रमुख थानेश्वर घिमिरे र समापन कार्यक्रमका प्रमुख अतिथि बाणगंगा नगरपालिका शिक्षा शाखा प्रमुख खिम बहादुर जिसीले यो कार्यक्रमले विद्यार्थीहरुमा श्रृजनशील क्षमताको विकास हुने बताउनुभयो । उहाँहरुले यस्ता कार्यक्रम जिल्ला भरि नै आयोजना गरि सम्पुर्ण विद्यालयका विद्यार्थीहरुलाई सहभागी गराएमा विद्यार्थीहरुको चौतर्फी विकास हुने बताउदै एस.क्यु.सी. कपिलवस्तुमा अझै विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै वडा नं. ११ का वडाध्यक्ष नरेन्द्र प्रसाद चौधरी, स्काईलार्क ईंलीश बोर्डिङ्ग स्कुलका सल्लाहकार संयोजक रबि बहादुर काफ्ले, प्याब्सन केन्द्रिय सदस्य लेखनाथ पौडेल, प्याब्सन कपिलवस्तुका पुर्व जिल्ला अध्यक्ष शिव गैरे, प्याब्सन बाणगंगाका अध्यक्ष सुरेन्द्र पाण्डे, क्वेस्ट नेपालका सल्लाहकार दिपक गौतम, विभिन्न सदस्य विद्यालयका प्रधानाध्यापक तथा प्राध्यापक लगायतले मन्तब्य राख्दै कार्यक्रमले विद्यार्थीहरुले अत्यन्तै सिक्ने अवसर पाएको र सिक्ने ईच्छा शक्तिमा समेत वृद्धि भएको बताउदै कार्यक्रम निकै प्रभावकारी रहेको बताउनुभयो ।

त्यस्तै मायादेवी हव कन्भेन्सनका हव संयोजक तथा स्काईलार्क ईंलीश बोर्डिङ्ग स्कुल तोलाकान्त डुम्रेले कार्यक्रम भब्य रुपमा सफल पार्न सहयोग गर्नुहुने सदस्य विद्यालय, विद्यार्थी, अभिभावक, शिक्षक सम्पुर्णलाई धन्यवाद व्यक्त गर्दै कार्यक्रम निकै फलदायी भएको विश्वास व्यक्त गर्नुभयो । कन्भेन्सन मास्टर ट्रेनर समेत रहनुभएका डुम्रेले विदार्थीहरुलाई किताबी ज्ञान मात्र भन्दा अतिरिक्त क्रियाकलपमा समेत सहभागी गराउन सकियो भने उनीहरुको चौतर्फी विकास हुने बताउनुभयो । उहाँले विधार्थीहरुलाई श्रजनशिल बनाउन यस कार्यक्रमले महत्वपुर्ण भुमिका खेलेको र अन्र्तराष्ट्रिय स्तरका विधार्थीहरुसँग प्रतिस्पर्धामा भाग लिन समेत विद्यार्थीहरु सक्षम भएको बताउनुभयो ।

विद्यालयका कन्भेन्सनका सहायक निर्देशक तथा ईभेन्ट म्यानेजर धुर्व प्रसाद नेपालको सम्पुर्णलाई स्काईलार्कमा स्वागत गर्दै मन्तब्य राख्नुभएको थियो । विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख केशव पुरीको सहजिकरण तथा शिक्षक राम प्रसाद अधिकारीको सञ्चालनमा ७ औँ मायादेवी हव कन्भेन्सन सम्पन्न भएको हो ।

तस्बिरमा ‘७ औँ मायादेवी हव कन्भेन्सन’ :


प्रकाशित : २०७९ भाद्र २४, शुक्रबार २०:२५